पोखरा, १२ चैत
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गोर्डेनको आयोजनामा पोखरा–१४, बाच्छेबुडुवा स्थित वात्सायन वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका हुन् ।
उनकी धर्मपत्नी रिता शाक्य भाट र छोरी सम्बृद्धि भाटले वृद्धाश्रम रहेका १८ जना वृद्धवृद्धालाई जुस वितरण गरेका थिए । सो अवसरमा क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाट, शिक्षा संयोजक गौतम रानाभाट, मेम्बरसीप डाइरेक्टर सुब्बा घिमिरे लगायतले क्लबको बारेमा वोलेका थिए ।
Comments are closed.