हुन्डाईको इलेक्ट्रिक कार कोना आज नेपालमा सार्वजनिक हुँदै, वहुप्रतिक्षित कोनाको मूल्य कति?

काठमाडौं, १७ माघ । हुन्डाईको इलेक्ट्रिक कार ‘कोना’ नेपाली बजारमा भित्रिएको छ । आज विशेष कार्यक्रमको आयोजना गरी उक्तकार लन्च गर्ने कम्पनीको योजना छ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त कार सार्वजनिक गर्ने बताएको छ ।

हुन्डाईले अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको क्रसओभर ‘कोना इलेक्ट्रिक’ लाई एक पटक चार्ज गर्दा ४ सय किलोमिटर यात्रा गर्न सकिन्छ । फ्रन्ट ह्विल ड्राइभका आधारमा काम गर्ने सो कारमा ६४ किलोवाट आवरको ब्याट्री छ । यसलाई डीसी फास्ट चार्जिङ प्रविधिबाट ५४ मिनेटमा ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

सो कारको लङ रेन्ज भर्सनले शून्य देखि एक सय किलोमिटरको गति ७.२ सेकेन्डमै लिन सक्छ । कोना इलेक्ट्रिकको टप स्पिड १ सय ६७ किलोमिटर प्रतिघण्टा छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको इलेक्ट्रिक कार आयोनिकलाई प्रदर्शन गरेको थियो । तर हाल आयोनिक भन्दा पहिले कोना नेपाली बजारमा उपलब्ध गराउन लागेको हो । गाडीको अन्य विशेषता र मूल्य लन्चिङ समारोहमार्फत सार्वजनिक गर्ने बताइएको छ ।

You might also like

Comments are closed.