२० वर्ष पुरानो रेकर्ड तोड्यो फक्सवागनको इलेक्ट्रिक रेसिङ कारले

काठमाडौ. । हाल ब्रिटेनमा गुडवुड फेस्टिभल अफ स्पिड चलिरहेको छ । उक्त फेस्टिभलमा फक्सवागनको इलेक्ट्रिक रेसिङ कार आइ.डि.आर.ले २० वर्ष पुरानो रेकर्ड तोडेको छ ।

सो रेसिङमा पहाडमा कार चढाउनु पर्ने अर्थात हिल क्लाइम्ब गर्नुपर्ने हुन्छ । सो कारले मात्र ४१.१८ सेकेन्डमा पहाडमा चढेर नयाँ रेकर्ड बनाएको हो । सो रेसकारका चालक रोमेन डुमास हुन् । यो भन्दा पहिले १९९९ मा पूर्व फर्मुला वान ड्राइभर निक हिडफेल्डले ४१.६ सेकेन्डमा यस्तै रेकर्ड बनाएको थिए । र, यो अहिले तोडिएको छ ।

निक हिडफेल्डले म्याकलरेन एमपी ४÷१३ फर्मुला वान कार चलाएर सो रेकर्ड बनाएका थिए ।

फक्स्वागन आइ.डि.आर रेसकार विशेष गरी यस्तै टे«कका लागि डिजाइन गरिएको थियो । त्यसैले फक्सवागनको सो इलेक्ट्रिक रेसकार पहाडमा रेसिङको समयमा राम्रो परफर्म गरेको थियो ।

२० वर्ष पहिले हिडफेल्डले बनाएको रेकर्डसँग तुलना गर्ने हो भने धेरै फरक देख्न सकिन्छ । फक्सवागनको इलेक्ट्रिक रेस कार पहाडमा जति सहिलै चलेको थियो २० वर्ष पहिला हीडफेल्डको फर्मुला वान कार यस्तै ट्रयाकमा डगमगाएको थियो ।

You might also like

Comments are closed.