अटोमोबाइल एसोसिएसनको वार्षिकोत्सवमा मानवसेवा आश्रमलाई सहयोग

जन्मदिनमा केसीले गरे १० हजार रुपैयाँ सहयोग

आर्थिक आवाज
पोखरा, १० जेठ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मानवसेवा आश्रम पोखरालाई सहयोग गरेको छ । एसोसिएसनले एक कार्यक्रमका बीच आश्रमलाई ५१ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संस्थागत सामाजिक उत्तरदात्यिव बहन गर्ने क्रममा वार्षिकोत्सवको अवसरमा आश्रमलाई सहयोग गरिएको एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष ध्रुवबहादुर थापाले संस्थाले वर्षेनी विभिन्न सामाजिक कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइरहेको बताए । ‘यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ,’ उनले भने ।

एसोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजूले वार्षिकोत्सवको अवसरमा आश्रमलाई सहयोग गरेर संस्थाले प्रशसंनीय कार्य गरेको बताए । ‘सामाजिक गतिविधिमा एसोसिएसनले पु¥याएको योगदान महत्वपूर्ण छ,’ उनले भने । पत्रकार सुरेन्द्र पौडेलले मानवसेवा आश्रमले सडकमा रहेका वृद्धवृद्धाको उद्धार गरेर रचनात्मक काम गरेकाले आश्रमलाई सबैको साथ र सहयोग रहनुपर्ने बताए ।

यसैबीच, एसोसिएसनका कार्यसमिति सदस्य निरन केसीले जन्मदिनको अवसरमा १० हजार रुपैयाँ एसोसिएसनमार्फत सहयोग गरेका छन् । सामाजिक कार्य गरेर जन्मदिन मनाउने उद्देश्यले सहयोग गरेको उनले बताए । एसोसिएसन र केसीले अघिल्लो वर्ष राधाकृष्ण वृद्धाश्रम लेखनाथलाई सहयोग गरेका थिए । एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राघव सिलवालले गरेका थिए ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनलाई १४अौं वार्षिकोत्सवको र युवा व्यवसायी निरन केसी ज्युलाई जन्मदिनको शुभकामना ।

Gepostet von Arthik Awaj am Donnerstag, 23. Mai 2019

You might also like

Comments are closed.