पोखरा । पोखराको बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले अतिथि लेक्चर र विद्यार्थीबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कोरोनाको विषम परिस्थितिका बीच कलेजले शुक्रबार भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो ।
नयाँ शैक्षिक सत्रका लागि पठनपाठन सुरु भएको दोस्रो सातामा नै पोखराका प्रतिष्ठित शैक्षिक व्यक्तित्व तथा साहित्यकार गणेश पौडेललाई अतिथि लेक्चर बनाएर कार्यक्रम गरिएको कलेज प्रमुख हरि कार्कीले जानकारी दिए । कक्षा ११ मा ३ वटा सेक्सनमा विद्यार्थी भर्ना गरी चौथो सेक्सनका लागि कलेजले भर्ना अभियान चलाइरहेको सन्दर्भका आयोजित कार्यक्रम निकै प्रभावकारी रहेको उनले बताए ।
‘पोखरामा फरक तरिकाबाट स्थापित तथा सञ्चालित कलेजले इतिहास रच्दै कोरोनाको विषम परिस्थितिमा पनि भर्ना अभियानलाई तिब्रता दिइरहेको छ,’ उनले भने, ‘कलेजले सैद्धान्तिक मात्र नभई व्यवहारिक र व्यावसायिक शिक्षा कक्षा ११ बाट सञ्चालन गर्दै आएको छ ।’
महिनाको एउटा शुक्रबार व्यावसायिक तथा अन्य क्षेत्रमा सफल व्यक्तिलाई ल्याएर अन्तरक्रिया गरी अनुभव र सफलताका कथाहरु विद्यार्थीमाझ आदानप्रदान गर्ने अभियान चलाइएको कार्कीले जानकारी दिए । अन्य शुक्रबार फिल्ड भिजिटको कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य कलेजका इन्चार्ज मणिप्रसाद डुम्रेले राखेका थिए । ‘विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजले विभिन्न रचनात्मक कार्यक्रम गर्नेछ,’ उनले भने । कार्यक्रममा नयाँ विद्यार्थी तथा अभिभावहरु उत्साहका साथ सहभागी भएको उनले जानकारी दिए ।
Comments are closed.