अधिकारीले एक महिनाको पेन्सन कोरोना कोषलाई सहयोग गर्ने

पोखरा । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई तेजनारायण अधिकारीले एक महिनाको पेन्सन वापतको रकम प्रदान गर्ने भएका छन् । अधिकारी सेवा निबृत्त राष्ट्रसेवक संघ नेपालका उपाध्यक्ष र पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष हुन् ।

नेकपाका नेतासमेत रहेका अधिकारीले पेन्सन वापत एक महिनाको २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । देशले संकटको सामना गरिरहेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरौं भन्ने भावनाले रकम दिने उनले बताए । नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण तथा उपचार कोर्ष स्थापना गरेको छ । उक्त कोर्षमा सहयोग गर्न सकिने सरकारले जनाएको छ ।

You might also like

Comments are closed.