‘अपाङ्गता भएकाहरुको साथी बन्न सफल भयौं’

अशोक कुमार श्रेष्ठ
डिष्ट्रिक्ट गभर्नर, लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन वर्ष २०१८/१९ का डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठले ‘लिभिङ बाई गिभिङ’ नाराका साथ आफ्नो कार्यकालमा अपाङगता भएको क्षेत्रलाई प्राथमिकतामा राखी सामाजिक कामहरु सम्पादन गर्न सफल भएका छन् । गभर्नर श्रेष्ठसँग आर्थिक आवाजले गरेको कुराकानीः

गर्भनरको कार्यकाल कस्तो रह्यो ?
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन वर्ष २०१८÷१९ को गर्भनर भएर काम गर्ने अवसर पाएको छु । पहिला काठमाडौं पोखरा लगायतका शहरमा रहेकाहरु मात्र गर्भनर बन्ने चलन थियो । मोफसलमा बस्नेले पनि अवसर पाउनुपर्छ भनेर आवाज उठाएको थिएँ । समय दिन सक्ने र काम गर्न सक्ने व्यक्ति जहाँको भएपनि अवसर दिनुपर्छ भन्ने हो । म जुन उद्देश्यले गभर्नर भएको थिएँ, त्यो उद्देश्य र लक्ष्यमा पुग्न सफल भएँ । म गभर्नर बन्नु तनहुँ जिल्लाको नै इज्जत तथा प्रतिष्ठा जोडिएको छ । मेरो लागि यो अवसर पनि हो । धेरै चुनौति पार गरेर सफलता हात पा¥यौं । मोफसलमा बसेर पनि गर्भनर भएर काम गर्न सकिन्छ भन्ने सबैलाई आभास भएको छ । मैले जिल्लामा पनि सबैको साथ तथा सहयोग पाए । मैले ल्याएको स्लोगन अनुशार नै काम गर्न हामी सफल भयौं । विशेषगरी अपाङ्गताकोे क्षेत्रमा काम ग¥यौं । करिब ८ सय भन्दा धेरै ह्विलचियर वितरण गरियो । ह्वाइट केन र हेयरिङ एड पनि वितरण ग¥यौं । कतिपय मानिसका लागि हेयरिङ एड किन्न पनि गाह्रो नै हुन्छ । हामीले त्यसै अनुशार विरण गरेका छौं । लायन्स भनेको अपाङ्गता भएकाको लागि साथी हो भन्ने सन्देश दिएका छौं । स्वतस्फुर्त रुपमा दिएर बाचौं भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम भए जुन खुसीको कुरा हो । अन्य डिस्ट्रिक्टका साथीहरुले पनि यस नारालाई उपयुक्त ठानेर काम गरेको पाइएको छ ।

jutta mela

लायन्सले कुन कुन क्षेत्रमा काम गरेको छ ?
लायन्स सामाजिक संस्था हो । कुन क्षेत्रमा भन्दा पनि हामी सबै क्षेत्रमा काम गर्छौं । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने हाम्रो स्लोगन नै छ । देशमा बाढी, पहिरो, भूकम्प, आधीहुरी जस्ता भवितव्य आउँदा हामी पीडितको साथमा हुन्छौं । उद्धारमा लाग्छौ भने राहत तथा सहयोग पनि दिन्छौं । अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्थापित गराउन यस कार्यक्रमले सहयोग पु¥याएको छ । अपाङ्गता हाम्रो आत्मियता भनेर काम ग¥यौं, जसबाट सकारात्मक प्रतिक्रिया तथा सफलता पनि हासिल ग¥यौं वातावरणको क्षेत्रमा पनि काम गरेका छौं । दिनानुदिन बिग्रिरहेको वातावरण जोगाउनुपर्छ भनेर हामी लागेका छौं । वृक्षरोपणका साथै विभिन्न सचेतना कार्यक्रम गरेका छौं । शिक्षाको क्षेत्रमा लायन्स क्लबको योगदान ठुलो छ । गाउँ गाउँमा रहेका विद्यालयमा पुगेर विद्यार्र्थीलाई सहयोग गरेको हामीले पाएका छौं । ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम पनि लायन्स क्लबले गर्दै आएका छन्, जसका कारण बिरामीलाई सहज भएको छ । रोग लुकाएर बस्ने मानिस पनि खुल्न थालेका छन् र उपचार गरेका छन् । एलसिआइएफले एउटा डिष्ट्रिक्टलाई २ वटा प्रोजेक्ट दिन्छ तनहुँको भानुभक्त क्याम्पसमा साइन्स ल्याब बनाउने प्रोजेक्ट ल्याएका छौं । त्यसैगरी अर्को प्रोजेक्ट धादिङमा छ ।

कार्यकाललाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
कार्यकाल सफल भयो भन्ने मलाई लाग्छ । समाजमा गएर काम गर्नुपर्छ भन्ने कुरालाई मनन् गर्दै सबै साथीहरुको साथ र सहयोगले नै हामी सफल भएका हौं । गभर्नर हुँदा मात्र नभई अरु समयमा पनि म काम गर्नेछु । समाजसेवा नै लायनको सच्चा पहिचान हो भन्ने मलाई लाग्छ । जसरी सबैको साथ र सहयोगले म सफल भएँ त्यसैगरी आगामी दिनमा पनि सहयोग गर्नेछु ।

You might also like

Comments are closed.