अपेक्षा अनुसार लेखनाथ महोत्सव सफल हुन्छः ओझा

राजेन्द्र ओझा
कोषाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ महोत्सव जारी छ । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता छ । लेखनाथको आर्थिक विकासमा महोत्सवले महत्वपूर्ण योगदान पु¥याएको छ । स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई हामीले प्राथमिकतामा राखेका छौं । त्यस्ता वस्तुको प्रवद्र्धन तथा बिक्री वितरणमा महोत्सवले धेरै सहयोग पु¥याएको छ । तरकारी, फलफुल, माछा, जडिवुटी लगायत कृषिजन्य उत्पादनको प्रवद्र्धन हुन्छ । विभिन्न औषधीजन्य जडिबुटी महोत्सवमा छन् । स्वदेशी उत्पादनका साथै विदेशी उत्पादन पनि महोत्सवमा रहन्छन् जसले आर्थिक गतिविधीलाई चलायमान बनाउछन् ।

अहिलेको महोत्सवमा २ वटा नयाँ इभेन्ट थपेका छौं । शैक्षिक र मोबाइल प्रर्दशनी थपेका हौं । विद्यार्थीलाई मध्यनजर गरेर शैक्षिक प्रर्दशनी राखेका हौं । जसले विद्यार्थीलाई धेरै सहयोग पु¥याउछ । लुकेका प्रतिभाको खोजी भनेर गण्डकी तारा प्रतियोगिता पनि राख्ने गरेका छौं । राष्ट्रियस्तरका कलाकारको विभिन्न प्रस्तुति पनि प्रर्दशन हुन्छन् । मेलाको आकर्षणको रुपमा बालउद्यान पनि छ । रत्यौली कार्यक्रमलाई बिगतका वर्षदेखि नै निरन्तरता दिएका छौं । विभिन्न जातजातिका संस्कृति तथा परम्परा पनि मेलामा प्रर्दशन गरिनेछ । युवा पुस्तालाई लक्षित गरेर पप कन्र्सट पनि गरिनेछ । जनचेतनामुलक विभिन्न कार्यक्रम पनि  महोत्सवमा गरिनेछन् ।

कृषि, हस्तकला, अटो, खाना तथा खाजा, गार्मेन्ट्स, मेसिनरी, मोबाइल लगायतका स्टल महोत्सवमा छन् । सकेसम्म धेरै कुरालाई समेट्ने प्रयास गरेका छौं । महोत्सवमा करिव २० करोडको कारोबार हुने अनुमान गरेका छौं । करिव १ करोड २५ लाख आम्दानी हुने अनुमान छ । खर्च करिव ९० लाखको अनुमान छ । करिव ३५ लाख रुपैयाँ बचत हुनेछ । महोत्सवलाई प्रायोजन पनि उत्साहजनक रुपमा भएको छ । विगतका वर्षमा जसरी नै प्रायोजक आएको अवस्था छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा एडभान्स सिमेन्ट छ ।

लेखनाथ महोत्सवको इतिहासमा नै महत्वपूर्ण काम हामीले गरेका छौं । कृषि उपज खरिद बिक्री केन्द्र स्थापना गर्ने काम भइरहेको छ । यसका ५० प्रतिशत खर्च लेखनाथ उद्योग वाणिज्य संघको रहनेछ । सांसद विकास कोष र महानगरबाट पनि यसलाई आर्थिक सहयोग भएको छ । अन्य ठाउँबाट पनि सहयोग प्राप्त भएको छ । यस वर्ष महोत्सवबाट बचत भएको धेरैजसो रकम त्यहाँ लगानी गर्छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि हामी उक्त रकम खर्च गर्छौं । सामाजिक उत्तरदायित्व वहन गर्दै संघ अगाडि बढेको छ । हाम्रा सदस्यको अकस्मात केही भएर मृत्यु भएमा ५० हजार रुपैयाँँ सदस्यको परिवारलाई दिन्छौं । सदस्य क्रिया बसेको अवस्थामा ५ हजार रुपैयाँ भेटीस्वरुप प्रदान गर्छौं । विकासका काममा पनि हामी एकजुट भएर लागेका छौं ।

You might also like

Comments are closed.