काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली बजारमा बहुप्रतीक्षित चिनियाँ ब्रान्ड डोङफेङका विद्युतीय सिटी बसको आधिकारिक डेलिभरी सुरु गरेको छ । गत नाइमा अटो एक्सपोमा प्रदर्शनी गरी औपचारिक रूपमा बिक्री सुरु गरिएका यी बस छोटो समयमै नेपाली यातायात व्यवसायी र ग्राहकमाझ लोकप्रिय बनेको कम्पनीले जनाएको छ । नेपालको बजारमा उपलब्ध बसहरु मध्ये सबै भन्दा सस्तो मुल्य १ करोड १४ लाखको मुल्यमा २०% डाउनपेमेन्टमा डङफेङका बस उपलब्ध छन् ।
ग्राहकले हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलको काठमाडौं गैरीधारा र पोखरा चौथेमा रहेको कम्पनीको आफ्नै शोरुमबाट तथा कम्पनीका नेपालभर रहेका डिलर मार्फत डङफेङ बस खरिद गर्न सक्ने छन् ।
अटो एक्सपो तथा त्यसपछिका दिनहरूमा प्राप्त उत्साहजनक बुकिङमध्ये पहिलो चरणमा बुकिङ भएका केही बसहरू कम्पनीले एक विशेष कार्यक्रमका बीच सम्बन्धित ग्राहकलाई हस्तान्तरण (डेलिभरी) गरेको हो ।
विश्वस्तरीय उत्पादक : डोङफेङ मोटर कर्पोरेसन सन् १९६९ मा स्थापना भएको डोङफेङ मोटर कर्पोरेसन चीनको सबैभन्दा ठूलो, पुरानो र प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीमध्ये एक हो। अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र दिगो यातायात समाधानका लागि विश्वभर चिनिने डोङफेङका प्यासेन्जर कार, कमर्सियल बस तथा हेभी ट्रकहरू विश्वका १०० भन्दा बढी देशहरूमा सफलतापूर्वक सञ्चालनमा छन्। विद्युतीय सवारीप्रविधिमा अग्रणी मानिने यस कम्पनीका उत्पादनहरू बलियो बनावट र भरपर्दो पर्फमेन्सका लागि परिचित छन्।
डोङफेङ सिटी बसका प्रमुख विशेषता नेपालको भौगोलिक बनावट, सहरी तथा अर्ध–सहरी सडक र यात्रुहरूको सुविधालाई ध्यानमा राखी तयार पारिएको यस बसमा अत्याधुनिक विशेषताहरू समावेश छन् ।
उत्कृष्ट रेन्ज एक पटकको पूर्ण चार्जमा ३०० किलोमिटर (NEDC रेन्ज) सम्मको यात्रा तय गर्न सक्ने क्षमता, जसले गर्दा दैनिक सञ्चालनमा पटक–पटक चार्ज गर्नुपर्ने झन्झट रहँदैन । शक्तिशाली मोटर र उच्च ग्राउन्ड क्लियरेन्सः २२८ किलोवाट (२२० Kw ) क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर र १५०० एनएम (१५०० Nm) को उच्च टर्कका साथै ३२० मिमी (३२० mm) को उच्च ग्राउन्ड क्लियरेन्स रहेकाले उकालो तथा खाल्डाखुल्डी भएका नेपाली सडकमा सहजै सञ्चालन गर्न सकिन्छ । आरामदायी यात्रा र फराकिलो सिट क्षमता भेरियन्ट अनुसार २५ देखि ३० सिटसम्मको आरामदायी सिट व्यवस्था, यात्रु चढ्न र ओर्लन सहज हुने फराकिलो ढोका तथा आधुनिक सस्पेन्सन प्रणाली।
सुरक्षा र वारेन्टीः ब्याट्रीमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी जसलाई ८ वर्ष वा ४ लाख किलोमिटरसम्म विस्तार गर्न सकिने सुविधा छ र मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी उपलब्ध छ । कम सञ्चालन खर्च डिजेल बसको तुलनामा मर्मतसम्भार र इन्धन खर्च अत्यन्तै न्यून हुने भएकाले यातायात व्यवसायीहरूका लागि यो उच्च प्रतिफल दिने माध्यम बनेको कम्पनीले जनाएको छ ।
मात्र २० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध यातायात व्यवसायी तथा संस्थाहरूलाई विद्युतीय सार्वजनिक यातायातमा प्रोत्साहन गर्ने उद्देश्यले आयाम इन्टरकन्टिनेन्टलले सहज फाइनान्सिङको व्यवस्था समेत मिलाएको छ । इच्छुक ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्ट तिरेर सरल किस्ताबन्दीमा डोङफेङका यी आधुनिक विद्युतीय बसहरू खरिद गर्न सक्नेछन् ।






Comments are closed.