नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको छैठौं वार्षिक साधारणसभा पुस ११ गते हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको छैठौं वार्षिक साधारणसभा आगामी पुस ११ गते शनिबार हुने भएको छ। संघले एक सूचना जारी गरी साधारणसभा सम्वन्धी जानकारी दिएको हो।

साधारणसभामा महासचिवद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यप्रगति विवरण तथा आर्थिक वर्ष २०८३/८४ को भावी कार्ययोजनासम्बन्धी छलफल हुने जनाइएको छ। त्यसैगरी, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको लेखा विवरण तथा आर्थिक वर्ष २०८३/८४ को अनुमानित आय–व्यय बजेटमाथि छलफल गरी अनुमोदन गर्ने प्रस्ताव रहेको संघका अध्यक्ष रमानाथ श्रेष्ठले बताए ।

यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आर्थिक विनियमावली अनुमोदन तथा पारित, विषयगत समितिहरूको गठन तथा अनुमोदन र विविध विषयमा छलफल गरिने संघले जनाएको छ।

संघले आर्थिक वर्ष २०८३/८४ सम्मको सदस्यता नवीकरण आगामी पुस १० गतेभित्र गरिसक्न सम्पूर्ण सदस्यलाई आग्रह गरेको छ। सदस्यता प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेका सदस्यलाई संघको सचिवालयमा सम्पर्क गरी प्रमाणपत्र लिनसमेत अनुरोध गरिएको छ।

 

 

You might also like

Comments are closed.

Secret Link