पोखरा । पोखरा भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशमा क्रियाशिल बंगलादेश स्कुल स्पोर्टस् एसोसियसनको प्रतिनिधिमण्डले पोखरा उद्योग वाणिज्य संघको भ्रमण गरेको छ ।
प्रतिनिधिमण्डललाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले नेपाल र बंगलादेशबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै पछिल्लो समय बंगलादेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको बताइन् । बंगलादेश स्कुल स्पोर्टस् एसोसियसनको तर्फबाट पोखरा आएको प्रतिनिधिमण्डलसँगको भेटबाट खेलकुदको क्षेत्रमा पनि सहकार्यलाई बाटो खुल्ने उनको भनाइ थियो ।
‘बंगलादेश सार्कमा आवद्ध छ र त्यहाँको उत्कृष्ट फुटबल हामीले देखेका छौँ । क्रिक्रेटमा बंगलादेश आफैमा एउटा शक्ति हो । टेस्ट राष्ट्र बंगलादेशसँग नेपाल क्रिक्रेट बोर्ड (क्यान)ले सहकार्यको हात बढाइरहेको छ,’अध्यक्ष गौतमले भनिन्,‘ बंगलादेश स्कुल स्पोर्टस् एसोसियसनले क्रिकेटलाई विद्यालय स्तरसम्म पु¥याउन दुई देशबीच स्कुलस्तरीय प्रतियोगिता आयोजनामा सहजीकरण गर्नसक्छ ।’
प्रतिनिधिमण्डलमा रहेकी लालमाटिया गल्र्स स्कूल एण्ड कलेजकी अध्यक्ष रुना बिला रानाले प्रतिनिधिमण्डलको भ्रमणले आउँदा दिनमा आपसी सहयोग आदान प्रदानका निम्ति बाटो खुलेको बताइन् ।
बगंलादेश महिला खेलकुद समितिकी उपाध्यक्ष फर्जाना होस्नाले पोखरा उद्योग वाणिज्य संघको भ्रमण दललाई बंगलादेशमा स्वागत गर्न आफूहरु आतुर रहेको बताउँदै आउँदा दिनमा खेलसहित अन्य क्षेत्रमा सहकार्य हुने बताइन् ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुदीप प्रधानाङ्ग, कोषाध्यक्ष देवेन्सन प्रजु, कार्यसमिति सदस्यहरु दुर्गा बराल, रामेश्वर अधिकारी,मुक्ति पनेरुको सहभागिता रहेको कार्यक्रममा नेपाल र बंगलादेशबीच सहकार्यको सम्भावना रहेका विविध क्षेत्रबारे चर्चा भएको थियो ।






Comments are closed.