पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को २१औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशन आगामी पुस ११ गते हुने भएको छ । आइतबार बसेको एसोसिएसनको कार्यसमितिको २५औँ बैठकले सो मितिमा अधिवेशन र साधारण सभा गर्ने निर्णय गरेको हो ।
एसोसिएसन नाडा अन्तर्गत गण्डकी अञ्चलमा क्रियाशील प्रादेशिक संस्था हो । संस्था अन्तर्गत हाल ५ सय ७२ जना सदस्य रहेको एसोसिएसनका अध्यक्ष दीपन्द्र कोइरालाले जानकारी दिए । संस्थाको साधारण सभा र अधिवेशनलाई व्यवस्थित र भव्य बनाउन तयारी अघि बढाइएको उनले बताए ।



Comments are closed.