नेपाल भित्रिदै चिनियाँ काइफेङ ब्रान्डका विद्युतीय सवारीसाधन

काठमाडौं । एमभी दुगड ग्रुपले चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड काइफेङलाई नेपाली बजारमा भित्र्याउने भएको छ। नेपालका लागि आधिकारिक वितरक नियुक्त भएको दुगड अटो क्लिनिक प्रालिले ती सवारीसाधनका मोडल नेपाली बजारमा ल्याउन लागेको हो ।

काइफेङ चीनको एक अटोमोटिभ ब्रान्ड हो। कम्पनीले विद्युतीय सवारीसाधनको उत्पादन, अनुसन्धान तथा विकास ९च्७म्०, स्पेयर पार्ट्स, निर्यात तथा इभ्ः सेवामा काम गर्दै आएको छ। कम्पनीको आफ्नै उत्पादन कारखाना चीनको जियाङ्सु प्रान्तस्थित डानयाङ सहरमा रहेको छ। कम्पनीले सवारीसाधन उत्पादनसँगै ऋप्म् किट तथा सम्बन्धित पार्टपुर्जाको अन्तर्राष्ट्रिय बजारमा बिक्री र निर्यातसमेत गर्दै आएको छ।

कम्पनीको मुख्य टोलीमा करिब १५० जना सदस्य रहेका छन्। उनीहरूले उत्पादन अनुसन्धान तथा विकास, उत्पादन प्रक्रिया र विभिन्न अटोमोबाइल कम्पनीहरूसँगको सहकार्यको जिम्मेवारी सम्हाल्दै आएका छन्। कम्पनीले नान्टोङ र सांघाईमा संयुक्त प्राविधिक अनुसन्धान तथा विकास केन्द्रसमेत सञ्चालन गरिरहेको जनाएको छ।

काइफेङले  पाकिस्तान, इजिप्ट, टर्की, इथियोपिया, इरिट्रिया, श्रीलंका, कंगो, नाइजेरिया र म्यानमारलगायतका देशमा आफ्नो बजार विस्तार गरिसकेको छ।

कम्पनीले काठमाडौंको पानीपोखरीमा शोरुम तथा बालाजुमा बिक्रीपछिको सेवा केन्द्र स्थापना गरिसकेको छ। आगामी दिनमा एमभी दुगड ग्रुपका देशभर रहेका १६ वटा अटोमोबाइल आउटलेटमार्फत पनि काइफेङका सवारीसाधनको बिक्री तथा सेवा उपलब्ध गराउने योजना रहेको कम्पनीका बिजनेस हेड नवीन फुयालले जानकारी दिए।

यि हुन् नेपालका लागि MV Dugar Group ले भित्र्याउन लागेको KAIFENG Brand का मोडल:

KF5039 EV ELECTRIC COMMERCIAL VAN जसमा 62.2kWh (LFP) Battery Capacity जस्ले 350+km Range दिन्छ र 80kW Motor Power सहितको 14-Seat Passenger बोक्न सकिने छ, फिचरमा भने ABS, EPS, TPMS, Central lock, 10.1-inch multimedia touch screen, Rear View Camera, Rear Parking Sensors, DC Fast charging, Electrically Adjustable Mirrors, Heated Rear View Mirrors, Air Conditioning, Interior Lighting, Electric Window आदि रहेका छन् ।

KF1021 EV ELECTRIC LIGHT TRUCK जसमा 41.86kWh (CATL) Battery Capacity जस्ले 290+km Range दिन्छ र 70kW Motor Power सहितको 1.5-ton Cargo Payload Capacity बोक्न सकिने छ र 195/70R15 Tire Size ले अज्ज Cargo Payload को लागि सछम मानिन्छ ।

KFD01 EV ELECTRIC PASSANGER CAR जसमा 31.95kWh (LFP) Battery Capacity जस्ले 300+km Range दिन्छ र 45kW Motor Power सहितको 5 Seat मा 170mm Ground Clearence पाउन सक्छौ, फिचर मा भने ABS, EBD, EPS, AIR BAGS, Air Conditioner, HEATER, Multimedia Touch Screen, Rear view Camera, Parking Sensor, Leather Seat, Velvet Carpet, Electric Window, Spare Tire, Staring Mount Control, Staring Adjustment, Fast DC Charging etc.

You might also like

Comments are closed.

Secret Link