अमले वचत तथा ऋण सहकारीको अध्यक्षमा पहारी

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा तथा चौथो अधिबेशनले वद्रिनाथ पहारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गर्दै शनिबार सम्पन्न भएको छ ।

समितिको उपाध्यक्षमा खेमराज वराल ‘ध्रुब’, सचिवमा एकनारायण भण्डारी, सहसचिवमा मदन कुमार मैनाली, कोषाध्यक्षमा माधव भट्टराई, सहकोषाध्यक्षमा युवराज सुवेदी र सदस्यहरुमा मनुराज आचार्य, कल्पना कार्की, टिकाराम वराल, थाममाया गुरुङ, सावित्रा पौडेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

त्यसै गरी कृष्णप्रसाद पोखरेलको संयोजकत्वमा छविलाल पनेरु र शारदा भण्डारी सदस्य रहको लेखा समिति पनि सर्वसम्मत चयन गरिएको छ ।

You might also like

Comments are closed.