अल्का अस्पतालमा एनआइसी एसियाका ग्राहकलाई छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पतालबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.