‘अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई एनमार्क फेयर महत्वपूर्ण अवसर’

नविन अधिकारी (नसिब)
अध्यक्ष
एनमार्क एजुकेशन प्रालि

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको एनमार्क एजुकेशन प्रालि महेन्द्रपल पोखराले समय समयमा एजुकेशन फेयर आयोजना गर्दै आइरहेको छ । सोमबार आफ्नै कार्यालयमा ‘एनमार्क अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदैछ । यसैक्रममा फेयर आयोजना गर्नुको उद्देश्य, एनमार्कका विशेषता लगायत विविध विषयमा अध्यक्ष नविन अधिकारी (नसिब)सँग आर्थिक आवाजले गरेको कुराकानीः

एनमार्क एजुकेशन प्रालिले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीको संख्या पछिल्लो समय निकै बढेको छ । अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरु एनमार्कमा परामर्शका लागि आउने क्रम पनि बढ्दो छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई एउटै थलोमा उपस्थित गराएर त्यहाँको शैक्षिक प्रणाली, भिजा पोलिसी, आवश्यक कागजात लगायत सम्पूर्ण ज्ञान प्रदान गर्ने लक्ष्यले फेयर आयोजना गरिएको हो । भदौ ४ गते सोमबार एनमार्कको आफ्नै कार्यालय महेन्द्रपुलमा फेयर हुँदैछ ।

फेयरमा कतिवटा कलेज तथा युनिभर्सिटी सहभागी हुन्छन् ?
विद्यार्थीका लागि सुखद पक्ष नै मान्नुपर्छ, फेयरमा हामीले अष्ट्रेलियाका २० भन्दा बढी कलेज तथा युनिभर्सिटीको प्रत्यक्ष सहभागिता बनाउन सकेका छौं । फेयरमा अष्ट्रेलियाका प्राय शहर समेटिने गरी प्रतिनिधिहरुको सहभागिता रहन्छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थी र अभिभावकका लागि फेयर उपयोगी हुनेछ ।

फेयरमा विद्यार्थी किन सहभागी हुने ?

कुन विषय अध्ययन गर्ने ? कुन विषयको खर्च कति ? लगानी कति ? भविष्यमा काम गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ ? लगायतका प्रश्नको जवाफ फेयरमा पाइनेछ । करियर काउन्सिलिङ पनि हुन्छ । विभिन्न शहरहरुको जीवनशैली, अध्ययन खर्च र सम्भावनाहरुका बारेमा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट सिधै जानकारी मिल्छ । कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर जिज्ञासा राख्ने अवसर पाउँछन् । एउटै काउन्सेलरले २० वटा भन्दा बढी कलेजका बारेमा जानकारी दिनुभन्दा एकैदिनमा २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिलाई छुट्टाछुट्टै भेट्न पाउनु विद्यार्थीका लागि महत्वपूर्ण अवसर हो ।

एनमार्क एजुकेशन प्रालिका विशेषताहरु के छन् ?
अष्ट्रेलिया, युएसए, न्युजिल्याण्डका लागि हामीले परामर्श सेवा प्रदान गरिरहेका छौं । टिआइटिआईबाट सर्टिफाइड काउन्सिलर हामीसँग हुनुहुन्छ । अष्टे«लियाका लागि क्युएसी सर्टिफाइड काउन्सेलर हुनुहुन्छ । विभिन्न समय अष्ट्रेलियाको भ्रमण गरी आफूले पाएको अनुभवलाई विद्यार्थीमाफ प्रत्यक्ष सेयर गर्छौं । म आफै आजभन्दा १० वर्ष अगाडि नै शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध व्यक्ति हुँ । सन् २००९ देखि सँगालेको अनुभवलाई प्रयोगमा ल्याउँदै सन् २०१३ बाट एनमार्क सञ्चालनमा ल्याएका हौं । पारिवारिक वातावरणमा विद्यार्थीलाई सेवा प्रदान गर्न हामी सफल छौं । विद्यार्थीको भविष्यप्रति हामी सधैं चिन्तित हुन्छौं ।

विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हाम्रो सफलता भनेकै विद्यार्थीको माया हो । परामर्शका लागि यहाँ आएका विद्यार्थी पूर्ण रुपमा सन्तुष्ट बनेको पाएका छौं । एनमार्कको माध्यमबाट उच्च शिक्षा अध्ययनका लागि विदेश गएका विद्यार्थीले विशेष गरी अन्य साथीहरुलाई पनि एनमार्कमै गएर परामर्श लिन सिफारिस गरेको हामी पाउँछौं । विदेश पठाउनुमात्र हाम्रो लक्ष्य होइन, विदेश गइसकेपछि शिक्षा कसरी पुरा गर्ने र भविष्यमा के गर्ने भनेर करियर काउन्सिलिङ पनि हामी गर्छौं ।

You might also like

Comments are closed.