अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि ग्लोबल रिचको शैक्षिक मेला

आर्थिक आवाज
पोखरा । उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘ग्लोबल रिच’को नवौँ सँस्करणको शैक्षिक मेला साउन १२ गते आइतबार पोखरामा हुने भएको छ । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले बिहीबार पत्रकार सम्मेलन गरी मेलाका बारेमा विस्तृत जानकारी गराएको छ ।

‘हामीले सामाजिक उत्तरदायित्व वहन गर्ने हिसाबले मेलाको आयोजना गर्दै आएका छौँ । खासगरि यस्ता मेलाको उद्देश्य व्यापारिक भन्दा पनि विद्यार्थीमाझ जनचेतना फैलाउनु हो,’ शाखाका ब्राञ्च को–अर्डिनेटर सरिता गुरुङ भनिन्, ‘हामीले वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई सकेसम्म धेरै जानकारी मिलोस् भन्ने चाहन्छौँ ।’

बुझाईमा समस्या हुँदा विद्यार्थीहरुले वैदेशिक अध्ययनमा गएपछि दुःख पाउने गरेका उदाहरणहरु पनि रहेको उनले सुनाइन् । ‘त्यसैले हामीले विद्यार्थीहरुलाई सम्बन्धित देशकै कलेज र युनिभर्सिटीका प्रतिनीधिहरुसँग प्रत्यक्ष भेटघाट गराई बढि भन्दा बढि जानकारी लिन सक्ने गरि यो मेलाको आयोजना गरेका हौँ,’ उनले भनिन् ।

अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै यो मेलाको आयोजना गर्न लागिएको ‘ग्लोबल रिच’ पोखरा शाखाका ‘मार्केटिङ म्यानेजर’ सागरबाबु गिरीले बताए । ‘विद्यार्थीहरुले अष्ट्रेलिया पुगेर कुनै खाले समस्या भोग्न नपरोस् र त्यहाँ हुने हरेक क्रियाकलापको विषयमा यहीँ जानकार होऊन् भन्ने हाम्रो उद्देश्य हो । अष्ट्रेलिया जान ईच्छुक विद्यार्थीहरु सकेसम्म मेलामा सहभागी भएर जानकारी लिनुहोस् भन्ने हामी चाहन्छौँ ।’ उनले भने ।

न्यूरोडको ‘सिटी स्क्वायर पार्टी प्यालेस’मा हुने शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टाछुट्टै १२ वटा कलेज तथा यूनिभर्सिटीका प्रतिनीधिहरुले विद्यार्थी तथा उनीहरुका अभिभावकहरुसँग भेटघाट गर्नेछन् । त्यो संगै मेलामा विभिन्न पाँचवटा बैंकहरुले समेत सहभागिता जनाउनेछन् । जसले वैदेशिक अध्ययनमा जाँदा आवश्यक शैक्षिक कर्जाको विषयमा विद्यार्थीहरुलाई जानकारी दिने काउन्सिल पद्मा अधिकारीले जानकारी दिइन् ।

‘ग्लोबल रिच’ पोखराले वर्षेनी दुईवटा शैक्षिक मेला गर्दै आएको छ । बहुराष्ट्रिय कम्पनी ‘ग्लोबल रिच’ले ४ वर्षयता पोखराबाट सेवा दिँदै आएको छ । भारतको कलकत्तामा मूख्य कार्यालय रहेको यो कम्पनीको विभिन्न देशमा गरेर ४० भन्दा बढि शाखा संचालनमा छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.