अस्पतालबाटै बिरामी गायब

तनहुँ, २५ बैशाख
तनहुँको बन्दीपुरमा रहेको बन्दीपुर अस्पतालको क्षयरोग उपचार केन्द्रमा उपचार गराइ रहेका एक बिरामी अस्पतालबाटै बेपत्ता भएका छन ।  केन्द्रबाट सेवा लिइरहेका भानु नगरपालिका–१० दुधेकुनाका ५६ वर्षीय बद्रीबहादुर गुइदे अस्पतालबाटै बेपत्ता भएका हुन् ।

पाँच दिनदेखि सम्पर्कविहीन भएका गुइदे आजसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  उपचार गराइरहेका उनी यही वैशाख १९ गतेदेखि हराएको अस्पतालका कम्प्युटर अपरेटर दीपक भट्टराईले जानकारी दिए । नेपाल प्रहरी, मनकामना गण भानुका सशस्त्र प्रहरी बल, कुरिनटार लगायत प्रहरी परिचालन गरेर खोजी गर्दा समेत गुइदे भेटीएका छैनन् ।

गुइदेका परिवारले ’कि सास चाहियो कि लास चाहियो’ भनेर दबाब दिइरहेका छन् । पोखराबाट तालिमप्राप्त कुकुर झिकाई खोजी गर्दा पनि पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ । विभिन्न प्रहरी चौकीहरुमा तस्विर पठाएर खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

You might also like

Comments are closed.