आईपीओको पाइपलाइनमा ४ कम्पनी थपिए, कुल ८८ कम्पनीको झण्डै ५६ अर्बको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आईपीओको पाइपलाइनमा ४ कम्पनी थपिएका छन् । सर्वोत्तम पेन्ट्स इष्डष्ट्रिज लिमिटेड, माउन्टेन ग्लोरी लिमिटेड, वर्णवास म्युजियम होटेल लिमिटेड र महाशक्ति सिमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

योसँगै आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका कम्पनीको संख्या ८८ पुगेको छ । यी कम्पनीले बोर्डको अनुमति पाएमा झण्डै ५६ अर्ब बराबरको आईपीओ जारी गर्नेछन् । धितोपत्र बोर्डका अनुसार महाशक्ति सिमेन्ट लिमिटेडले १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ बराबरको १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता शेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । सर्वोत्तम पेन्ट्सको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० कित्ता शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । यसैगरी माउन्टेन ग्लोरी लिमिटेडको ४० करोड रुपैयाँको ४० लाख कित्ता शेयर जारी गर्न अनुमति मागेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ । यस्तै वर्णवास म्युजियम होटेलको ३९ करोड ६० लाख रुपैयाँको ३९ लाख ६० हजार कित्ता शेयर बिक्रीको माग गर्दै निवेदन पेश गरेको छ । कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

कुल ८८ कम्पनीको झण्डै ५६ अर्बको आईपीओ आउँदै

नेपाल धितोपत्र बोर्डका अनुसार झण्डै ५६ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८८ पुगेको छ । कुल ८८ कम्पनीले ५५ अर्ब ९१ करोड ७९ लाख ९२ हजार ३२ रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् । ८८ कम्पनीले ४० करोड ३० लाख ९३ हजार १८९ कित्ता शेयर बिक्री गर्ने तयारी गरेका हुन् ।

झण्डै एक दर्जन कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन गरेका छन् । पाइपलाइनमा रहेकामध्ये सबैभन्दा धेरै ४४ जलविद्युत् आयोजनाबाट १९ अर्ब ८८ करोड ८८ लाख ८३ हजार ९३६ रुपैयाँ बराबरको १९ करोड ४८ लाख १६ हजार १९१ कित्ता शेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् । त्यस्तै, उत्पादन तथा प्रशोधनतर्फको १७ कम्पनीकोे २४ अर्ब ४७ करोड ९८ लाख ६२ हजार ३९६ रुपैयाँ बराबरको ११ करोड १६ हजार ५४१ कित्ता शेयर पाइपलाइनमा रहेको छ ।

यस्तै, अन्य समूहका ११ कम्पनीको ३ अर्ब ९१ करोड ५८ लाख ९५ हजार ७०० रुपैयाँ बराबरको ३ करोड २४ लाख ३६ हजार ९५७ कित्ता शेयर, होटल तथा पर्यटन क्षेत्रका ९ कम्पनीले ४ अर्ब १० करोड ७० लाख रुपैयाँ बराबरको ४ करोड ३३ लाख २० हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् । यसैगरी, लगानी समूहअन्तर्गत ३ कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता आईपीओ जारी गर्न आवेदन दिएका छन् ।

३ माइक्रो इन्स्योरेन्स कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता तथा एक माइक्रोफाइनान्स कम्पनीको ८० लाख बराबरको ८० हजार कित्ता शेयर आईपीओको पाइपलाइनमा रहेको छ । यस्तै एक माइक्रो फाइनान्सको ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता शेयर आईपीओको पाइपलानमा रहेको छ ।

 

You might also like

Comments are closed.