इक्यानले मनायो विविध कार्यक्रम सहित स्थापना दिवस

पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्नो २४ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसमा देशभर रहेका शाखाले विभिन्न कार्यक्रम गरेका छन् ।

यस सँगै कास्की शाखाले पनि स्थापना दिवस मनाएको छ । सो अवसरमा इक्यान कास्कीले पोखरा नदीपुरमा रहेको श्री सत्य साई विद्याश्रम शैक्षिक गुठीलाई खाद्यान्य सहयोग गरेको छ । कार्यक्रममा वोल्दै कास्कीका अध्यक्ष भुवन  क्षेत्रीले सामाजिक उत्तरदायित्व वहन गर्दै बर्षेनी यस्ता कार्यक्रम गर्ने गरिएको बताए । आगामी दिनमा पनि समाजसेवाका कार्यक्रमलाई निरन्तरता दिने सचिव रुद्रप्रसाद अयालले बताए ।

कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष कर्णबहादुर गुरुङ, कास्कीका सल्लाहकार समितीका अध्यक्ष रमेशकुमार थापा, श्री सत्य साई विद्याश्रम शैक्षिक गुठीका उपाध्यक्ष कमल सुवेदी, लगायतले वोलेका थिए । इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक देवराज शर्माले स्वागत  र संचालन सचिव रुद्रप्रसाद अर्यालले गरेका थिए ।

jutta mela

इक्यान केन्द्रले पनि सो अवसरमा तिन दिन सम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
पहिलो दिन २७ अगस्टमा पहिलो सेसनमा ‘Managing your Mental Health during the COVID-19 (Stress, Anxiety and Depression)’ विषयमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रमलाई डा. करुना कुवँरले सहजीकरण गरेकी थिईन । पहिलो दिनको दोस्रो सेसनमा The Leadership Principle During Difficult Time Of life (A Corporate Motivational Virtual Workshop) शीर्षकमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रमलाई डा. योगी विकासानन्दले सहजीकरण गरेका थिए ।

 

दोस्रो दिन अगस्ट २८ मा इक्यानका पूर्व अध्यक्षहरुसँग अन्तरक्रिया गरिएको र वार्षिकोत्सवको मुख्य दिन अगस्ट २९ मा शुभकामना आदानप्रदानसहित विविध कार्यक्रम गरिएको महासचिव दीपकराज भुसालले जानकारी दिए ।

केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले” Power of Togetherness” बिषयमा भनाई राख्दै सम्पुर्णमा स्थापना दिवसको शुभकामना दिएका थिए । कोभिड १९ बाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गरी भर्चुअल विधिबाट कार्यक्रम गरिएको इक्यानले जनाएको छ ।

 

You might also like

Comments are closed.