इक्यान कास्कीको २३औं वार्षिकोत्सव

आर्थिक आवाज
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले संस्था स्थापनाको २३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले वार्षिकोत्सवकोे अवसरमा रक्तदान कार्यक्रम गर्नु प्रशंनीय कार्य भएको बताए । संस्थाका सदस्य गणेश कोइरालाको संयोजकत्वमा आयोजित कार्यक्रममा इक्यानका केन्द्रीय सदस्य कर्णबहादुर गुरुङ, ब्लड बैंकका प्रमुख ध्रुव लामिछाने लगायतले बोलेका थिए ।

jutta mela

संस्थाका अध्यक्ष भुवन क्षेत्रको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सन्दिप अर्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव रुद्रप्रसाद अर्यालले गरेका थिए ।

You might also like

Comments are closed.