इक्यान शैक्षिक मेला, एसोसिएट पार्टनर बन्यो हिमाअस

आर्थिक आवाज
पोखरा, १५ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको छैटौं संस्करणको ‘इक्यान शैक्षिक मेला’लाई एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सीले साथ दिएको छ । इक्यान शैक्षिक मेलालाई सफल पार्न आफूहरुले साथ दिएको हिमाअस पोखराका प्रवन्ध निर्देशक समीर थापाले जानकारी दिए ।

यही मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा मेला हुनेछ । मेलाको तयारीलाई तिब्र बनाइरहेको अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने इक्यान शैक्षिक मेलाको टाइटल स्पोन्सरमा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले साथ दिएको छ ।

You might also like

Comments are closed.