एकीकरणको अभियानमा लेखनाथ सहकारी

आर्थिक आवाज
लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाले समान उद्देश्य तथा हैसियत भएका सहकारीहरुबीच एकीकरण गर्न सक्ने गरी आफ्नो अवधारणालाई अगाडि बढाएको छ । नेपाल सरकारले ल्याउन लागेको सहकारी एकीकरणको अवधारणालाई सार्थक रुप दिन कार्यसमितिको पूर्ण बैठकले एकीकरणको प्रक्रियालाई अगाडि बढाउन संस्थाका अध्यक्ष खडानन्द लामिछानेको संयोजकत्वमा नौ सदस्यी कार्यदल गठन गरेको हो ।

सहकारीबीच भाइचाराको सम्वन्ध विस्तार गर्दै एक वडा एक सहकारी र एक सहकारी एक व्यक्ति सदस्य रहने प्रावधानको अवधारणलाई अगाडि बढाउन गठित समितिको सदस्यमा संस्थापक अध्यक्ष नारायदक्त बस्ताकोटी, उपाध्यक्ष हरिवहादुर जिसी, सदस्य सचिवमा कुशलबावु लामिछाने र सदस्यहरुमा गणेशभक्त अधिकारी, किरणराज पौडेल, बृन्दा सुवेदी, अम्विका आचार्य र मदन जमरकटेल छन् ।

नव गठित समितिले आफ्नो भेक र समान उद्देश्य भएका सहकारीबीच छलफल गरी एकीकरणको अभियानलाई अगाडि बढाउने र भएका प्रगति विवरणलाई अगामी साधारणसभामा पेश गरी अनुमोदन समेत गरिने संस्थाका उपाध्यक्ष हरिबहादुर जिसीले जानकारी दिए ।

You might also like

Comments are closed.