एक्यानसँग कलेज अफ बिजनेश म्यानेजमेन्टको सम्झौता, ट्युसन शुल्कमा शतप्रतिशत छात्रवृत्ति

काठमाडौं । चार्टर्ड एकान्टेन्ट्सका आफन्तहरुलाई कलेज अफ बिजनेश म्यानेजमेन्ट (सिबिएम) ले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । चार्टर एकाउन्टेन्ट्स आफन्तहरु कलेजमा अध्ययन गर्दा ट्युसन शुल्कमा शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान हुने कलेजका प्रिन्सिपल सिए सुमन न्यौपानेले जानकारी दिए ।

काठमाडौंको डिल्लीबजारमा रहेको कलेजले र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बीच ट्युसन शुल्कमा छात्रवृत्ति प्रदान गर्ने सहमति भएको हो । उक्त समझदारी पत्रमा एक्यानका उपाध्यक्ष सिए रमेश धिताल र कलेजका प्रिन्सिपल सिए सुमन न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

‘चार्टर एकान्टेन्ट्सका आफन्तहरुलाई कलेजमा अध्ययन गर्न चाहेमा ट्युसन शुल्कमा शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्नेछौं,’ प्रिन्सिपल न्यौपानेले भने, ‘यसबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने हाम्रो अपेक्षा छ ।’ कक्षा ११ र १२ दुवैमा ट्युसन शुल्कमा छुट प्रदान हुने उनले बताए । चार्टर एकान्टेन्ट्स युवाहरुको अगुवाईमा कलेज सञ्चालन भइरहेको छ ।

jutta mela

नेपालको आर्थिक अवस्थालाई सुधार्नका लागि सिएहरुको विभिन्न क्षेत्रमा योगदान महत्वपूर्ण रहेको एक्यानका उपाध्यक्ष धितालले बताए । आइक्यान र आइसिएआईका सदस्यहरु मिलेर एक्यान संस्था बनेको हो ।

You might also like

Comments are closed.