एक्स्पर्टको आयोजनामा खुल्ला निवन्ध प्रतियोगिता, निवन्ध इमेल गर्न सकिने

 

पोखरा । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले खुला निवन्ध प्रतियोगिता आयोजना गरेको छ । निवन्धको शीर्षक “IMPACT AND IMPROVEMENT OF THE NEPALESE ECONOMY POST-COVID 19” रहेको छ । बढिमा ७ सय शब्द सम्मको निवन्ध लेख्न सकिनेछ । निवन्ध अङग्रेजी भाषामा  हुनुपर्नेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार ७ हजार रुपैयाँ, द्धितिय पुरस्कार ५ हजार रुपैयाँ र तृतीय पुरस्कार ३ हजार रुपैयाँ रहेको एक्स्पर्ट पोखराका निर्देशक रमेश थापाले जानकारी दिए ।

jutta mela

आफूले लेखेको निवन्धलाई मेल मार्फत मे ३० सम्म Pokhara@experteducation.com.au मा पठाउनुपर्नेछ । गण्डकी प्रदेशमा रहनेहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने कार्यक्रम संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिए । प्रतियोगिता वारे केही जानकारी लिनु परेमा ९८०२८३६१०५ मा सम्पर्क गर्न सकिनेछ ।

You might also like

Comments are closed.