एक्स्पर्ट एजुकेसनले ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार गर्दै, पारस खड्का आउँदै

आर्थिक आवाज ।

पोखरा । के तपाईं अध्ययनका लागि अष्ट्रेलिया जान चाहनु हुन्छ ? कि अष्ट्रेलिया जाँदा के के कुरामा ध्यान दिनुपर्छ भनेर तनावमा हुनुहुन्छ ? यदि तपाईं अष्ट्रेलिया जान चाहनु हुन्छ वा अष्ट्रेलिया जाँदा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा थाहा पाउन चाहनुहुन्छ भने तपाईंका लागि सुवर्ण अवसर छ ।

तपाईं र तपाईंजस्तै विद्यार्थीहरुलाई लक्षित गरेर एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यहि माघ ८ गते पोखरामा ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार गर्ने भएको छ । सेमिनार माघ ८ गते बुधबार पोखरा न्यूरोडस्थित सिटी स्क्वायर व्याङ्केटमा हुने एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका निर्देशक रमेश थापाले जानकारी दिए । उनका अनुसार सेमिनार पूर्वाह्न ११ बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

jutta mela

सेमिनारमा अष्ट्रेलियाका १२ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि स्वयम् उपस्थित भएर विद्यार्थीसँग साक्षात्कार गर्नेछन् । निःशुल्क प्रवेश रहेको सो सेमिनारमा अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थी र तिनका अभिभावकहरु सहभागी हुन सक्नेछन् । जहाँ अष्ट्रेलियाका प्रख्यात र अब्बल कलेजका प्रतिनिधिहरुले विद्यार्थी तथा तिनका अभिभावकहरुलाई अष्ट्रेलिया जाँदा ध्यान दिनुपर्ने कुराहरु, कलेजले दिने छात्रवृत्तिसहित त्यहाँ जाँदा गर्नुपर्ने टोफल, आयल्ट्सलगायतका कोर्षहरुबारे जानकारी दिनेछन् ।

त्यस्तै कलेज तथा विश्वविद्यालय छान्दा कस्तो कलेज वा विश्वविद्यालय छान्ने, आफ्नो कलेजका विशेषताहरु, कलेजले अध्यापन गर्ने विषय र ति विषयको भविष्य र विश्वव्यापी रिकोजनाइज्डबारेसमेत काउन्सिलिङ गर्ने निर्देशक थापाले बताए ।

सेमिनारको अवसरमा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्कापनि उपस्थित हुने भएका छन् । जहाँ पारसले क्रिकेट प्रेमीहरुसँग भलाकुसारी गर्दै क्रिकेटसँग सम्बन्धित सजिला प्रश्नहरु सोध्नेछन् र सहि जवाफ दिनेहरुलाई पुरस्कार दिइनेछ ।

त्यतिमात्र होइन सेमिनारमा सहभागि प्रत्येकलाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले गिफ्ट ह्याम्पर दिने भएको छ । सहभागि मध्ये गोला प्रथा गरेर कसैलाई आकर्षक त कसैलाई केहि न केहि भएपनि गिफ्ट ह्याम्पर दिइने निर्देशक थापाले बताए ।

You might also like

Comments are closed.