एक्स्पर्ट पोखराको अष्ट्रेलियन सेमिनार सम्पन्न

पोखरा । पोखराको सिद्धार्थचोकमा रहेको एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले आयोजना गरेको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा सोमबार बिहान ११ बजेबाट दिउसो ४ बजेसम्म सेमिनार चलेको थियो ।

सेमिनारमा करिब ५ सय जना विद्यार्थी प्रत्यक्ष सहभागी भएको एक्स्पर्ट पोखराका सञ्चालक रमेश कुमार थापाले जानकारी दिए । ‘सेमिनारमा विद्यार्थीहरुको उपस्थिति उत्साहजनक रह्यो,’ उनले भने । सेमिनारमा एक्स्पर्टका अध्यक्ष बद्री अर्याल र एक्स्पर्ट मेल्वर्नका निर्देशक सरोजकुमार शर्मा लगायत उपस्थित थिए ।

अष्ट्रेलियाका १३ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको पनि प्रत्यक्ष सहभागिता रहेको थापाले जानकारी दिए । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबकलाई लक्षित गरी सेमिनार सञ्चालन गरिएको थापाले बताए । एक्स्पर्ट पोखराको कार्यालय सिद्धार्थचोकमा छ ।

You might also like

Comments are closed.