एक लाख २ हजार नगदसहित पक्राउ परे १७ जना जुवाडेहरु (विवरणसहित)

 पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाडेहरुलाई नगदसहित पक्राउ गरेको छ  । पोखरा १० मिलनटोल बस्ने बर्ष ५० की ज्ञानु हमालको डेराकोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा फेलापारी खानतलासी गर्दा एक लाख दुई हजार चार सय नव्बे रुपैयाँसहित पक्राउ गरेको हो । २२४ पत्ती तास, हरियो रंगको कम्बल थान १ र रातो सेतो रंगको गलैचा थान १ सहित पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 नियन्त्रणमा लिइएका ब्यक्तिहरुको विवरण :-

jutta mela
  • जिल्ला कास्की पो.म.न.पा.१४ मझेरीपाटन घर भई हाल वडा नं.१० मिलनटोल बस्ने महेन्द्र हमालकी श्रीमती बर्ष ५० की ज्ञानु हमाल ।
  • जिल्ला कास्की मादी गा.पा. वडा नं ३ घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने धनसुबा गुरुङको छोरा बर्ष ५७ का भु बहादुर गुरुङ ।
  • जिल्ला लमजुङ पसगाँउ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने ईश्वर गुरुङको श्रीमती बर्ष ५० की अस्मिता गुरुङ ।
  • जिल्ला कास्की मादी गा.पा. ३ घर भई हाल पोखरा म.न.पा. १० जनप्रिय टोल बस्ने भद्रसिंह गुरुङको छोरा बर्ष ५२ को डम्बर बहादुर गुरुङ ।
  • जिल्ला कास्की पो.म.न.पा.१० मिलनटोल बस्ने अमरसिंह गुरुङको छोरा बर्ष ५८ को बल बहादुर गुरुङ ।
  • ऐ.ऐ. बस्ने राज कुमार गुरुङको श्रीमती बर्ष ४२ की ईन्द्रा गुरुङ ।
  • ऐ.ऐ. बस्ने फौदासिंह भुजेलको छोरा बर्ष ६२ को राधेश्याम भुजेल ।
  • जिल्ला लमजुङ क्होलासोथार गा.पा. ७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने थने गुरुङको छोरा बर्ष ५६ को मन बहादुर गुरुङ ।
  • जिल्ला कास्की मादी गा.पा. ३ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने लोक बहादुर गुरुङको श्रीमती बर्ष ३४ की हिम कुमारी गुरुङ ।
  • जिल्ला खोटाङ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने कुमार राईको श्रीमती बर्ष ४६ की ईन्द्रा राई ।
  • जिल्ला कास्की मादी गा.पा. २ ताङतिङ घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने बिल बहादुर गुरुङको श्रीमती बर्ष ७२ की केश कुमारी गुरुङ ।
  • जिल्ला खोटाङ हिले गा.पा. ७ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने पदम राईको श्रीमती बर्ष ४८ की राजलक्ष्मी राई ।
  • जिल्ला कास्की माछापुच्छ्रे गा.पा. २ भुज्रुङखोला घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने सुक बहादुर गुरुङको श्रीमती बर्ष ५९ की सुक कुमारी गुरुङ ।
  • जिल्ला कास्की मादी गा.पा. ९ मिजुरे घर भई हाल पोखरा म.न.पा. १० मिलनटोल बस्ने नर बहादुर नेपाली की श्रीमती बर्ष ३५ की सीता नेपाली ।
  • जिल्ला स्याङ्जा बिरुवा गा.पा. ५ घर भई हाल कास्की पोखरा म.न.पा. १० मिलनटोल बस्ने प्रेम बहादुर थापाको छोरा बर्ष ३९ को लिलमान थापा ।
  • जिल्ला कास्की पोखरा म.न.पा. १३ आर्बा बस्ने चेत बहादुर गुरुङको छोरा बर्ष ५१ को यम बहादुर गुरुङ ।
  • जिल्ला कास्की पोखरा म.न.पा. १२ ढिकालेथर बस्ने समानसिंह गुरुङको छोरा बर्ष ४० का बिनोद गुरुङ ।
You might also like

Comments are closed.