एनसेलको कर प्रकरणमा बोले पूर्व अर्थमन्त्री महत, ‘कर तिर्नुपर्नेलाई भगाइयो’

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता रामशरण महतले एनसेलको कर प्रकरणमा बोलेका छन् । कान्तिपुर एफएफमको द हेडलाइनर्स कार्यक्रममा बोल्दै महतले  भने ‘एनसेलको प्रकरणमा जसले कर तिर्नुपर्ने हो त्यो भाग्या छ । त्यो भगाउनलाई कसको हात छ ? त्यो हेर्नु प¥यो ।’

आफू अर्थमन्त्री हुँदा पुँजीगत लाभकरको विषय उठाएको बताउदै महतले उनले जसले सस्तोमा किनेर महंगोमा बेच्छ, उसले नाफाको निश्चित प्रतिशत लाभकरको रुपमा सरकारलाई तिर्नुपर्ने धारणा राखे ।

महतले एनसेल बिक्रीमा लाभ लिने टेलियासोनेरा भएकाले उसैबाट तत्कालै कर अशुल गर्नुपर्नेमा उसलाई भगाउने काम भएको बताए । अहिले एनसेल किन्ने (मलेसियन कम्पनी एजियटा)लाई जबरजस्ती लाभकर तिर भन्नु कसरी नियमसम्मत हुन्छ ? भन्दै उनले यद्यपि अहिलेको लगानीकर्ताले आफूले तिर्नुनपर्ने हुँदाहुँदै पनि लाभकर तिरेको र त्यसमा लागेको ब्याज र हर्जना मिनाहा गर्न अदालत जाँदा अदालतले पनि सोही आधारमा निर्णय गरेको बताएका छन् ।

अदालतले फैसला गरेको कुरा संसदमा बहस गर्न मिल्दैन भन्दै महतले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताए । न्यायालयले केही आधारमा एनसेलको विषयमा निर्णय गरेको होला भन्दै यस विषयमा संसदमा हल्ला खल्ला गर्नु गलत भएको बताए । पहिला न्यायालयको निर्णयको अध्ययन हुनुपर्ने महतको सुझाव छ ।

पूर्व अर्थमन्त्री महतको अन्तर्वार्ता :

You might also like

Comments are closed.