काठमाडौं । एक वर्ष अगाडि आफ्ना १० उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले थप ७ नयाँ उत्पादन बजारमा ल्याएको छ । जेरोना वेलनेस प्रा.लि.ले आफ्नो छालाको सुरक्षामा ध्यान दिनेहरुका लागि आधुनिक उत्पादन थप गर्दै बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको हो ।
थपिएका उत्पादनहरुमा HYDRA-PRO Moisturizing Cream, GLO-SERUM, SUNSHED TM र ACN-SERUM रहेका छन् । यसैगरी कम्पनीले ACNE-Moisturizing Cream, HYDRA-TONER र EXFOLI Facewash पनि उत्पादन सूचीमा थप गरेर बजार पठाउन थालिसकेको छ ।
नेपाली उपभोक्ताहरुको छालाको सुरक्षाका लागि उपयोगी रहँदै आएका जेरोना डर्माका उत्पादनहरु नेपाली बजारमा लोकप्रीय बन्दै गएका छन् । उत्पादन थप गर्दै लैजाने क्रममा कम्पनीले थप नयाँ ७ उत्पादन पनि बजारमा पठाउन थालेको हो ।
जेरोना चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ८’को ‘स्किन केयर पार्टनर’ पनि हो । नेपाली संगीत क्षेत्रमा योगदान गर्ने उदेश्यले भ्वाइस अफ नेपालको स्किन केयर पार्टनरका रुपमा आवद्ध भएको कम्पनीले जनाएको छ ।






Comments are closed.