एन.आई.ई.सी. पोखरामा ‘युके एडमिसन विक’ जारी

आर्थिक आवाज
पोखरा । नेपाल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी (एन.आइ.ई.सी.) पोखराद्वारा आयोजित ‘युके एडमिसन विक’ जारी छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीलाई लक्षित गरी कन्सल्टेन्सीले युके एडमिसन विक आयोजना गरेको सञ्चालक प्रकाश थापाले जानकारी दिए ।

एडमिसन विक मंसिर १३ गते शुक्रबारसम्म जारी रहने थापाले जानकारी दिए । पोखराको चिप्लेढुंगामा रहेको एन.आई.ई.सी.को कार्यालय आयोजित युके एडमिसन विकमा सहभागी हुने विद्यार्थीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको थापाले बताए । कार्यक्रम बिहान १० बजेदेखि दिनभर जारी रहनेछ ।

नेपालमा १९ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको एन.आई.ई.सी.ले पोखरामा बिगत ७ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.