एन आई सी एशियाको शाखारहित बैंकिङ काउन्टर स्याङ्जाको पञ्चमूलमा

स्याङ्जा, २८ साउन

निजी क्षेत्रको अग्रणी वित्तिय संस्था एन आई सी एशिया बैंकले आधिँखोला गाँउपालिका १ पञ्चमूलमा शाखा रहित बैकिङ काउन्टर संचालनमा ल्याएको छ । साउन २८ गते गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादूर चुमानले एक कार्यक्रमका विच काउन्टरको उद्घाटन गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद मिनप्रसाद गूरुङ , गाँउपालिका अध्यक्ष सूधिर पौडेल, बैंकका प्रादेशिक प्रमुख दीपेन्द्र शर्मा लगायतले वोलेका थिए । बैंकको सञ्जाललाई गाँउ गाँउमा पुर्याउने उदेश्यका साथ काउन्टर विस्तार गरिएको शर्माले जानकारी दिए । साथै आँधिखोला गाँउपालिकाले वितरण गर्ने सामाजिक सूरक्षा भत्ता पनि काउन्टरबाट वितरण गरिने छ ।

You might also like

Comments are closed.