काठमाडौं । एमएडब्लु वृद्धिले शुक्रबार (भोली) देखि नेपालकै ठूलो एक्सचेन्ज मेला आयोजना गर्दैछ ।
काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुममा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकले आफ्ना पुराना गाडीहरु साटेर नेपालकै सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन् ।
काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष इभी ब्राण्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् । यसका साथै, सबै उमेर समूहका लागि मिल्ने मनोरञ्जन केन्द्र पनि हुनेछ । आगन्तुकले ह्युमनोइठ रोबोट सो, कार रेसिंग सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्नेछन् ।
ग्राहकले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीको सर्वोत्कृष्ट मूल्याङ्कन गराउन सक्नुका साथै एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् । यससबाट निश्चित मोडेलमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्न सकिनेछ ।
यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीलाई नाइट स्टेको पनि अफर रहेको छ । एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ । साथै नाडा अटो शोमा सो स्टपर बन्न सफल दिपल एस०५ र सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिनेछ ।
काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ । ग्राहकलाई एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर दिइनेछ ।
Comments are closed.