एलपी ग्याँस बिक्रेता संघमा कोइराला, समितिको पदस्थापन

पोखरा । एलपी ग्याँस बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिको आइतबार पदस्थापन भएको छ । संघका अध्यक्ष बालकृष्ण कोइरालासहित उपाध्यक्ष तीर्थमान श्रेष्ठ, सचिव कुशलराज पौडेल, कोषाध्क्ष किरण तिवारी,सहसचिव विदुर पौडेल र सदस्यहरु शिवकुमार श्रेष्ठ, खेमराज आचार्य, सुरजमान गुरुङ र राम थापालाई नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले पद तथा गोपनियताको सपथग्रहण गराउँदै पदस्थापन गराएका हुन् ।

कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले ग्याँसजस्तो संवेदशील बस्तुको उपयोगमा सतर्कता अपनाउन व्यवसायी तथा उपभोक्ता दुबैसँग आग्रह गरे । उनले गुणस्तरीय सिलिण्डर प्रयोगका साथै ग्याँसको भण्डारणमा पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आयल निगमले तोकेको मापडण्ड अनुसारका सिलिण्डरहरुको बिक्री बितरण हुनुपर्नेमा जोडदिँदै व्यवसायीहरुले अग्नी नियन्त्रणका सामानहरु राख्नुपर्ने, तौल र मापडण्डमा सम्झौता गर्न नहुनेमा जोड दिए । उनले उपभोक्ताहरुलाई घरमा धेरै ग्याँस भण्डारण नगर्न पनि सुझाव दिए ।

jutta mela

एलपी ग्याँस बिक्रेता संघका अध्यक्ष बालकृष्ण कोइरालाले व्यवसायीहरुबीचको एकतामा जोड दिँदै अत्यावश्यक बस्तुको रुपमा रहेको ग्याँसको बिक्रीबितरणगर्दा व्यावसायिक नाफा मात्रै नहेरेर सामाजिक दायित्ववोध पनि गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामबहादुर केसी, गृहलक्ष्मी ग्याँस कम्पनीका अध्यक्ष धर्मराज बर्तौला, थोक व्यवसायी संघ कास्कीका अध्यक्ष तामलाल घमिरे, ग्याँस बिक्रेता संघ कास्कीका सचिव कुशलराज पौडेललगायतले मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.