एस.इ.इ.पछिको ए लेभल

विशेश्वर आचार्य
कार्यकारी निर्देशक, नोभेल एकेडेमी

प्रायः विद्यार्थीहरुको सोचाई एस.इ.इ. पछि आफूले के पढ्ने र त्यो पढिसकिएपछि को अवसर र उच्च माध्यामिक तहको लागि पहिलाको पढाइले कतिको सहयोग पु¥याउदछ भन्नेमा केन्द्रित हुने गर्दछ ।

एस.इ.इ.को नतिजासँगै विद्यार्थीहरुले अब के पढ्ने, कसो गर्ने के पढ्दा आफूलाई फाइदा हुन्छ भन्ने सोच्नतर्फ अग्रसर हुन्छन् । साधारणतया नेपालमा एस.इ.इ पछि दश जोड दुई र ए लेभलका कक्षाहरु सञ्चालनमा रहेका छन् । यी दुई कार्यक्रमहरुका विकल्पको रुपमा अर्को कार्यक्रम इन्टरनेशनल व्याकूलरेटको डिप्लोमा प्रोगाम हाल सञ्चालनमा रहेको छ । यद्यपि, विद्यार्थीहरुका लागि आफ्नो रुची र चाहे अनुसारको विषय पढ्न पाउनु नै उनीहरुको अधिकार हो ।

 

jutta mela

बेलायतको विश्वप्रसिद्घ क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजूकेशन (जि.सि.इ) कार्यक्रम अन्तर्गत संचालित ए लेभल कार्यक्रम स्कूल, एस.इ.इ लेभल पास पछि प्लस टू इक्यूभ्यालेण्ट मान्यता बराबर, १६ देखि १८ वर्षसम्मका विद्यार्थीहरुका तयार पारिएको, उच्च मा.वि.को पाठ्यक्रममा आधारित रहेर नेपालमा संचालन भइरहेको विषय हो । नेपालमा सर्वप्रथम काठमाडौंको बुढानिलकण्ठ विद्यालयले सुरुवात गरेको ए लेभल, स्न २००२ देखि पोखरामा नोभेल एकेडेमीले संचालनमा ल्याएका हो, विश्वका १७० भन्दा बढी मुलूकहरुमा संचालित यो शिक्षा विश्वव्यापी, व्यवहारिक र अनुसन्धान मूलक छ जसमा विद्यार्थीले के पढे भन्दा पनि के बूझे भन्नेमा जोड दिइन्छ,

साधारणतया एस.इ.इ पछि २ वर्ष अध्ययन गर्नुपर्ने यस उच्च शिक्षालाई पहिलो वर्ष ए.एस. (एडभान्स सब्सिडियरी) र द्रोस्रो वर्षलाई ए.टू. लेभल भनिन्छ, यी दुई वर्षको पढाइ पछि एउटा विद्यार्थी आफ्नो ए लेभलको कोर्ष पूरा गर्दछ । यस पश्चात स्नातक अध्ययनको लागि विश्वका कुनैपनि विश्वविद्यालय र कलेजहरुको लागि ढोका खुल्दछ । नेपालको नागरिक ए लेभल अध्ययनको माध्यमबाट कुनै पनि देशको नागरिक हुन सक्दछ । विश्व प्रसिद्ध, सबैले स्वीकार गरेको पाठ्यक्रम र उत्कृष्ट विश्वविद्यालयले नै ए लेभल यतिवेला चर्चामा छ ।

विश्वभरि एउटै समयमा रिजल्ट हुनु यसको विशेषता अन्तर्गत पर्दछ । प्रत्येक वर्ष मेरजून र अक्टोवररनोभेम्वर महिनामा गरी दुई समयमा संचालन हुने परीक्षा समाप्तीको २ महिनामा नै तोकिएको समयमा विद्यार्थीहरुले नतिजा हात पार्न सक्दछन् । परीक्षाको लागि पहिला नै विश्वविद्यालयले आफ्नो सिलेबस र परीक्षा पूर्व प्रकाशित सामग्रीहरु अनलाइनमार्फत उपलब्ध गराइसकेको हुन्छ । साथै परीक्षा प्रणालीमामा आधारित रहेका थुप्रै अनलाइन विषयवस्तुहरु पनि इन्टरनेटमा पाइन्छन् । पूराना प्रश्नहरु साथै त्यसका लागि समाधान र नमूना प्रश्नोत्तरहरु अनलाइन मार्फत पढन् सकिने हुँदा परीक्षाको लागि कति आतिनु नपर्ने र के पढ्ने भन्ने विद्यार्थीलाई भ्रम हुने छैन ।

आफू के पढ्ने र के पढ्नमा आफूलाई आनन्द लाग्छ भने झैं विद्यार्थीहरुले ७० भन्दा बढी विषयहरुबाट छानेर आफूलाई मनपरेको विषय पढ्न पाउनु ए लेभलको अर्को विशेषता हो । जसको कारण ए लेभल पछि विद्यार्थीहरुले के गर्ने भन्ने धेरै विकल्पहरु पाइन्छ । जस्तै, उच्च माध्यामिक तहको लागि उत्तम विश्वविद्यालयको छनौट, रोजगारीको विभिन्न अवसरहरु, इन्टर्नसिपका अवसरहरु, विद्यार्थीको व्यक्तित्व विकास, नयाँ सैदान्तिक पद्वतिको अनुभव र तत् पश्चात विभिन्न तथा अन्य अवसरहरुको सृजना इत्यादि ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा संचालित यो शिक्षा नेपालको लागि परीक्षा संचालन, तालिम संचालन तथा अनुगमनको जिम्मा बिट्रिश काउन्सिलले पाएको छ र उक्त काउन्सिल अनुसार नै यो शिक्षा तथा परिक्षा पोखरामा नोभेल एकेडेमीले संचालन गरिरहेको छ । आफूले उच्च स्नातक तहलाई सहयोग पूग्ने गरी ४ वटा विषय पूरा गरेपछि यो शिक्षा पूरा भएको मानिन्छ । ए लेभल उत्तीर्ण पश्चात विद्यार्थीहरुले जुनसुकै विश्वविद्यालयमा पनि स्नातक तह भर्ना हुन पाउनेछन् । नोभेल एकेडेमी ाट ए लेभल पूरा गरी उत्तीर्ण भएका विद्यार्थीहरु अहिले नेपाल र नेपाल बाहिरका विभिन्न विश्वविद्यालयहरुमा छात्रवृति प्राप्त गरी पढिरहेका र विभिन्न प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुमा कार्यरत छन् ।

आधुनिक शैक्षिक पद्धतिको बढ्दो माग अनुसार विद्यार्थीको रोजाई, भविष्य प्रति महत्व र सान्दर्भिक शिक्षा पद्धति अनुरुप पढाई हुने ए लेभल कार्यक्रम विश्वव्यापी रुपमा चर्चित हुनुका साथै नेपालका विद्यार्थीहरुका लागि पनि उत्कृष्ट सावित भएको छ । तसर्थ विद्यार्थीहरुको उच्च शिक्षाको लागि ए लेभल उत्तम गन्तव्य बनिरहेको अवस्थामा त्यस गन्तव्यतर्फ अगाडि बढ्न नोभेल एकेडेमी अर्को एउटा माध्यम बनिरहेको छ ।

You might also like

Comments are closed.