ओम विकास तथा देउकुमारी गौचनको स्मृतिमा कोरोना कोषमा सहयोग

पोखरा । ओम विकास तथा देउकुमारी गौचनको १४औं स्मृति दिवसमा श्री ओम विकास तथा देउकुमारी  गौचन  स्मृति प्रतिष्ठानले गण्डकी प्रदेशको कोरोना राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । रकम जम्मा गरिएको भौचर र डमी चेक प्रतिष्ठानका संस्थापक अध्यक्ष सवी शेरचनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आइतबार हस्तान्तरण गरेकी हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, प्रतिष्ठानका सल्लाहकार तथा इन्जिनियर जीवन कुमार शेरचन, तमु हस्तकलाका सञ्चालक पवित्रा गुरुङ, एक्यापका अधिकृत शन्तोष शेरचन, हिमश्री फुड्सका लक्ष्मण गौचन लगायत उपस्थित थिए ।

स्मृति दिवस कै अवसरमा मुस्ताङको थासाङ गाउँपालिका २ को ओम विकासचोकमा रहेको स्वर्गीय गौचनको शालिकमा माल्यार्पण तथा मौनधारण कार्यक्रम गरिएको छ । माल्यार्पण कार्यक्रममा थासाङ गाउँपालिका २ का स्थानीयहरुको उपस्थिति थियो । कार्यक्रम प्रतिष्ठानका सहसचिव गौतम शेरचनको संयोजकत्वमा भएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.