ओली एण्ड एसोसिएट्सको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ बिहीबार

पोखरा । ओली एण्ड एसोसिएट्स जिरोकिलोमिटर पोखराको आयोजनामा जेठ २३ गते बिहीबार ‘अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएको छ । ओली एण्ड एसोसिएट्सको कार्यालय निर्मल शान्ति निवासमै फेयर हुने प्रवन्धक तिलक लामिछानेले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सन् २००२ मा नेपाल तथा अष्ट्रेलियामा एक साथ सञ्चालित भएको ओली एण्ड एसोसिएट्सले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । फेयरमा शैक्षिक परामर्शका साथमा छात्रबृत्तीका अवसरहरु पनि प्रदान गरिने लामिछानेले बताए । ‘शैक्षिक कर्जाको लागि बैंकका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्न सकिन्छ,’ उनले भने, ‘अष्ट्रेलियास्थित कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहनेछ ।’

आइइएलटिएस तथा पिटिई तयारीमा छुटको जानकारी पनि फेयरमा प्रदान गरिने उनले बताए । फेयरमा सहभागीहरुलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको बताइएको छ । नेपाल तथा अष्ट्रेलियाका मुख्य शहरहरुमा शाखा कार्यालय रहेको संस्थाले पोखरा शाखाबाट यस आसपासका विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

फेयरमा ओली एण्ड एसोसिएट्सका प्रवन्ध निर्देशक तथा अष्ट्रेलियन माइग्रेसन एजेन्ट भवानी ओली, संस्थाका नेपाल प्रमुख सुदर्शन शर्माको पनि उपस्थिति रहने प्रवन्ध लामिछानेले जानकारी दिए ।

You might also like

Comments are closed.