कञ्चन कम्प्युटरको २१औं वार्षिकोत्सव, ८० जना विद्यार्थीलाई विद्यालय पोसाक सहयोग

आर्थिक आवाज
पोखरा, ५ जेठ । पोखराको न्युरोडमा रहेको कञ्चन कम्प्युटर सेवाले स्थापनाको २१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कञ्चन कम्प्युटरले नवप्रभात मावि पोखराका ८० जना विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेको छ ।

लायन्स क्लब अफ पोखरा आँगनको आयोजनामा पोसाक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयका विद्यार्थीलाई पोसाक सहयोग गरिएको कञ्चन कम्प्युटरका सञ्चालक चिन्तामणि बास्तोलाले बताए । कञ्चन कम्प्युटरले प्रत्येक वर्ष विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सेकेण्ड भाइस गभर्नर इलेक्ट विशेवश्वर आचार्यले कञ्चन कम्प्युटरले व्यवसायसँगै सामाजिक सेवाका काममा पनि योगदान पु¥याएको भन्दै प्रसंसा गरे ।

jutta mela

You might also like

Comments are closed.