कर तिर्ने समयसीमाको निर्णय फिर्ता लिन पोखरा उद्योग वाणिज्य संघको माग,

समयतालिका मिलाएर उद्योग÷व्यवसाय खोल्न दिन आग्रह

 

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले तोकिएको कर तिर्ने समयसीमा फिर्ता लिन आग्रह गरेको छ । संघले बुधबार पोखरामा पत्रकार भेटघाट गरि सरकारले यहि जेठ २५ गतेसम्म कर तिर्न दिएको समयसीमा भित्र कर तिर्न नसक्ने जनाउँदै तोकिएको समयसीमा फिर्ता लिन आग्रह गरेको हो । संघले लकडाउनको समयमा उद्योग, व्यवसाय बन्द रहेको यो समयमा कर तिर्न नसक्ने जनाएको छ । संघका अध्यक्ष दामु अधिकारीले भने,‘हाम्रो उद्योग, व्यवसाय बन्द छ, कर चुक्ता गर्ने पैसा छैन, लेखा हेर्ने कर्मचारीहरु विदामा छन्, कतिपय उद्योगी÷व्यवसायीहरु उद्योग÷प्रतिष्ठानमा ताला लगाएर गाउँ फर्किएका छन्, यस्तो बेला कसरी कर तिर्ने ? ।’

jutta mela

अध्यक्ष अधिकारीले कर तिर्ने समयसीमा नलम्ब्याए आन्दोलन गर्ने चेतावनी दिए । लकडाउनको समयमा कर तिर्न उर्दी जारी गरेको भन्दै आपत्ति जनाएका उनले भने,‘हामी सरकारलाई कर तिर्न गरेको निर्णय फिर्ता लिन जोडदार माग गर्दछौं,‘उनले भने,‘होइन भने कडा आन्दोलनमा उत्रिन्छौं ।’ उनले कर तिर्ने समसयसीमा एक महिना थपेर असार मसान्तसम्म बनाउन सरकारलाई सुझाव दिए । अन्यथा उद्योग÷प्रतिष्ठानको चाबी सरकारलाई बुझाउन बाध्य हुने उनले चेतावनी दिए ।

संघले लकडाउनकोसमेत उलंघन गर्ने चेतावनी दिएको छ । रोगले भन्दा भोकले मर्ने अवस्था आइसक्यो,‘संघका अध्यक्ष अधिकारीले भने,‘लकडाउनपनि गर्ने अनि करपनि तिर्न भन्ने सरकारले अब लकडाउन खुलाउनु प¥यो, होइन भने हामी लकडाउन तोड्छौं र आ–आफ्ना उद्योग÷व्यवसाय चलाउँछौं ।’ ‘हामी उद्योगी÷व्यवसायीलाई सरकारले घरमा राखेर पाल्न सक्छ भने पालोस्, होइन भने काम गरेर खाने वातावरण बनाउन अब ढिलो गर्नुहुँदैन’–उनले भने ।

समयतालिका मिलाएर लकडाउन खोल्न उनले आग्रह गरे । लकडाउन खुकुलो बनाए सुरक्षाका सबै प्रबन्ध मिलाएर उद्योग÷प्रतिष्ठान खोल्न आफूहरु तयार रहेको उनले बताए । सुरक्षाको प्रबन्ध भनेको सामाजिक दुरी कायम गर्ने, साबुन पानीले पटक÷पटक हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने कार्य अप्नाइने उनले प्रष्ट पारे । यद्वपी चलचित्र भवन, पार्टी प्यालेस, विद्यालयलगायतलाई भने तत्काल खोल्न नहुने उनले बताए ।

संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले जनजीवन कष्टकर बन्दै गइरहेको वर्तमान अवस्थामा लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए । उनले कोरोनासँगपनि लड्दै जाने अनि आर्थिक कृयाकलापपनि गर्दै जाने भारतीय मोडालिटी अप्नाउन सकिने बताए ।

संघका महासचिव अर्जुन पोखरेलले उद्योगी÷व्यवसायीको साझा आवाज संघले बोलेको भन्दै सरकारले अटेर गरे आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।

You might also like

Comments are closed.