कावासोतीमा सनराइजको शाखा विस्तार

आर्थिक आवाज
पोखरा । सनराइज बैंक लिमिटेडले शाखा विस्तार अभियान जारी राखेको छ । यसैक्रममा गण्डकी प्रदेशको नवलपुरस्थित कावासोतीमा शाखा विस्तार गरेको छ ।

शाखाको बुधबार एक कार्यक्रमका बीच कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दानिया थारु र बैंकका सञ्चालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे । कावासोती शाखासँगै बैंकको शाखा संख्या १ सय १२ वटा पुगेको बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्र केसीले जानकारी दिए ।

बैंकले नेपाल भर ३६ वटा शाखा रहित बैंकिङ सेवा, ४ वटा एक्स्टेन्सन काउन्टर, १ सय २६ वटा एटिएममार्फत ५ लाख भन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सेवा विस्तारका क्रममा बैंकले अन्य शाखाहरु सञ्चालनको तयारी पनि गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

jutta mela

You might also like

Comments are closed.