कुमुदिनीका विद्यार्थीद्वारा सहयोग

आर्थिक आवाज

पोाखरा, ६ जेठ । कुमुदिनी होम्सका विद्यार्थीहरुले कास्कीका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । कुमुदिनी होम्सका विद्यार्थीहरुले आफ्नो खाजाको पैसा कटाएर कास्कीको माछापुच्छ्रे गाउँपालिका सार्दीखोला खाँदरजुङस्थित वाराही प्रावि र पुरुञ्चौर लप्सीटाकुरास्थित हिमालयन प्राविलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । वाराही प्रावि खाँदरजुङलाई २२ हजार ५५ र हिमालयन प्राविलाई २१ हजार ८ सय ६५ रुपैयाँ बराबरको कपी, इरेजर, पेन्सिल, पेन्सिल कटरलगायतका शैक्षिक सामग्री सहयोग गरेको कुमुदिनी होम्स सेकेण्डरी स्कुलका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उनले विद्यार्थीलाई समाजसेवाप्रति आकर्षित गराउनुका साथै विपन्न तथा गरीबलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउनका लागि आफूले सकेको सहयोग गर्न आह्वान गरेर अर्थ संकलन गरेको र सो रकमले शैक्षिक सामग्री सहयोग गरेको बताए ।

यसैबीच, लोटस फाउण्डेसन जर्मनीले हिमालयन प्रावि लप्सीटाकुरा पुरुञ्चौर र वाराही प्रावि खाँदरजुङ, सार्दिखोलालाई जनहि १ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ । त्यहाँका विद्यार्थीलाई वार्षिक रुपमा खाजा खुवाउनका लागि लोटस फाउण्डेसन जर्मनीका अध्यक्ष रैनर कुबेराले पठाएको सो रकम कुमुदिनी होम्सका अध्यक्ष अशोक पालिखेले वाराही प्राविका प्रधानाध्यापक माधवप्रसाद गौतम र हिमालयन प्राविका रामप्रसाद आचार्यलाई हस्तान्तरण गरे ।

You might also like

Comments are closed.