कोरोना त्रासका कारण लम्बियो लकडाउन, अब वैशाख ३ गतेसम्म घरमै बस्नुपर्ने

पोखरा । सरकारले लकडाउनको समय थप गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले वैशाख ३ गतेसम्मका लागि लकडाउनको समय थप गरेको हो ।

सरकारले चैत ११ गतेबाट पहिलो चरणमा लकडाउन गरेको थियो । त्यसपछि चैत २५ गतेसम्म थप भएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले पुन वैशाख ३ गतेसम्म लकडाउन थप गरिएको हो ।

लकडाउनका कारण अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन पाइँदैन । सडकमा अत्यावश्यक सेवाका साधन मात्रै गुडेका छन् भने अत्यावश्यक सामान बिक्री गर्ने पसल मात्रै सञ्चालनमा छन् ।

You might also like

Comments are closed.