कोरोना नियन्त्रण अभियानमा युनाइटेड क्लबको २ लाख

पोखरा । युनाइटेड क्लब पोखराले गण्डकी प्रदेश सरकारको राहत कोषमा १ लाख रुपैयाँ र पोखरा महानगर पालिका वडा नं. १० लाई ५० हजार रुपैयाँ र वडा नं. १२ लाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कारोना महामारी नियन्त्रण र राहतमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ ।

‘युवाको जाँगर, रास्ट्र निर्माणको आधार’ नारा द्वारा स्थापित क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रबद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको छ । वर्षेनी पोखरा महोत्सव गर्दै आइरहेको क्लब सामाजिक क्षेत्रमा सक्रिय छ ।

You might also like

Comments are closed.