कोरोना नियन्त्रण कोषमा सुरक्षा पालुवा सहकारीको सहयोग

पोखरा । सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लि.ले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा सहयोग गर्ने निर्णय गरेको छ । पोखरा महानगरपालिकाद्वारा स्थापना गरिएको उक्त कोषमा सहकारीका तर्फबाट २० हजार १ सय १ रुपैयाँ सहयोग गरिने अध्यक्ष टुल्कनाथ आचार्यले जानकारी दिए ।

कोरोना भाइरसबाट मुलुक लकडाउन भएको अवस्थामा सहकारीले सहयोग गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिृकत विष्णुप्रसाद अधिकारीले बताए । ‘कोरोनाको संक्रमण तथा जोखिम नेपालमा पनि बढिरहेको अवस्थामा सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्ने निर्णय गरेको हो,’ उनले भने ।

You might also like

Comments are closed.