कोरोना बढेपछि राजधानी प्रवेशमा कडाई, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । कोरोना संक्रमित बढेपछि सरकारले राजधानी काठमाडौं प्रवेशमा कडाई गरेको छ । राजधानी प्रवेश गर्ने यात्रुहरुको कोभिड–१९ परीक्षण गर्ने क्रममा धेरै संख्यामा कोभिड–१९ पोजेटिभ देखिएको भन्दै गृहमन्त्रालयले सूचना प्रकाशन गरी राजधानी प्रवेशमा कडाई गरेको हो ।

अत्यावश्यक सेवा र ढुवानीबाहेक प्रत्येक दिन साँझ ७ देखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउन निर्देशन दिइएको छ ।

काठमाडौं उपत्यका बाहिर पनि अत्यावश्यक काममा बाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

You might also like

Comments are closed.