कोरोना विरुद्धको लडाईंमा सबै जनता सिपाही हौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको लडाईंमा आम नेपाली जनता सिपाही सरह भएको बताएका छन् । कोरोनालाई जित्नका लागि सम्पूर्ण जनताको साथ सिपाही सरह रहनुपर्ने उनले बताए ।

बुधबार एक टेलिभिजनमा अन्तरवार्ता दिदै प्रधानमन्त्री ओलीले सरकारले लागु गरेका मापदण्ड पालना गर्न आम नेपाली जनतालाई आग्रह गरे । सरकारले लागु गरेको जनताको जीवन रक्षाका लागि भएको उनले बताए ।

‘कोरोनाबाट बच्नका निम्ती आम नेपाली दाजुभाई दिदी बहिनीहरु सबैलाई सतर्कता अपनाउन, सतर्कता अपनाउन, दुरी कायम गर्न, साबुनले हात धुन आग्रह गर्दछु,’ उनले भने ।

jutta mela
You might also like

Comments are closed.