कोरोना संक्रमित थपिने क्रम जारी,आज थपिए २ हजार भन्दा धेरै संक्रमित

काठमाडौं ।
नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । आज अहिले सम्मकै धेरै संक्रमित थपिएका छन् ।

११ हजार ४ सय ५८ पिसिआर परिक्षण गर्दा २ हजार  २० जनामा संक्रमण पुष्टी भएको हो ।यस सँगै संक्रमितको संख्या  ६१ हजार ५ सय ९३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४३ हजार ८ सय २० जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.