क्वारेन्टाइनमा बसेका एक जनाको पोखरामा मृत्यु

पोखरा । भारतको हैदरबादबाट फर्किएपछि कोरोनाको आशंकामा क्वारेन्टाइनमा बसेका एक जनाको पोखरामा मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न उनी रुपा गाउँपालिकामा क्वारेन्टाइनमा बसेका थिए ।

रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीलाई उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

मृतक नेपाली मुटु र कलेजो रोगका बिरामी भएको खुलेको छ । उनको स्वास्थ्य परीक्षण रिपोर्ट आउँन बाकी छ । मृत्युको कारण कोरोना भाइरस हो वा अन्य कुनै कारण हो स्वास्थ्य रिपोर्टपछि मात्र थाहा हुने चिकित्सकहरुले बताएका छन् ।

You might also like

Comments are closed.