खेलकूद सामाग्री हस्तान्तरण

पोखरा, २ जेठ
हिमालय क्लव पोखरा १६ बाटुलेचौरलाई नेपाल भारत मैत्री युवा सोसाइटीले विहीबार क्लवमा आयोजित कार्यक्रमका विच खेलकुद सामाग्री प्रदान गरेको छ ।
फूटबल, भलिबल, ह्याण्डबल, स्कोर बोर्ड, टि–सर्ट, भलिवल नेट सोसाइटीका सल्लाहकार युवा राजनितिकर्मी गुरु बरालले क्लवका अध्यक्ष मोहनबहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

खेल मैत्री समाज निर्माणमा हाम्रो अभियान भन्ने मूल नाराका साथमा आफूले खेलकुद सामाग्री वितरण गरी युवाहरुलाई खेलकुद तर्फ लाग्न अभिप्रेरणा जगाएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने युवा नेता गुरु बरालले वताए ।

क्लवका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका आजीवन सदस्य मदन बस्नेत, मानार्थ सदस्य उदयबहादुर बस्नेत, सचिव प्रकाश थापा लगायतले बोलेका थिए । कार्यक्रममा सोसाइटीका सदस्य आलमको विशेष उपस्थिति थियो ।

You might also like

Comments are closed.