गजौडेका दुई कृषि सहकारी एकीकरण

तनहुँ, २६ जेठ

तनहुँको व्यास नगरपालिका–९ गजौडे स्थित दुई कृषि सहकारी संस्थाहरु एकीकरण भएका छन् । सुनौलो भविष्य कृषि सहकारी संस्था लि र नयाँ गोरेटो कृषि सहकारी संस्थाहरु आइतबार एक कार्यक्रमका वीच एकीकरण भएको हो ।

गजौडमा भएको एकिकृत साधारणसभाबाट सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था लि नाम कायम गर्दै बिष्णु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

jutta mela

समितिको उपाध्यक्षमा राम पियारी आले, सचिवमा राजु आचार्य, कोषाध्यक्षमा हरिश्चन्द्र पौडेल, सहसचिवमा शम्भुलाल श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा गजेन्द्रबहादुर सुयाल थापा, सरस्वती कुमाल, शेरबहादुर थापा, कृष्णबहादुर अधिकारी र सरिता सुनारलाई चयन गरिएको छ ।

त्यस्तै गरी लेखासमितिमा रामचन्द्र रेग्मी, दामोदर गिरी र उमा आचार्यलाई चयन गरिएको छ । समतिको ऋण उपसमितिमा धर्मराज गोदार, रामप्रसाद आचार्य, हरिमाया भुजेल रहेका छन् भने सल्लाहकारमा शिवशंकर पौडेल, सुरेश थापा, बाबुराम खनाल र रुपबहादुर अधिकारीलाई चयन गरिएको बताइएको छ ।

समान उद्देश्य र समान भुगोलका सहकारी संस्थाहरु एकीकरण अभियानलाई सघाउन पटक पटकको छलफल र समझारीपछि एकीकरण प्रक्रिया टुङ्गिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

१ घर, १ सेयर, १ सहकारी एक उत्पादन जस्ता कार्यक्रम मार्फत कृषि र पशुजन्य बस्तुको उत्पादन वृद्धी गरी कृषिमा आत्मनिर्भर बनाउने एकीकरणको योजना बनाएको सुनौलो भविष्य कृषि सहकारीका अध्यक्ष शिवशंकर पौडेलले जानकारी दिए ।

२०६८ सालमा स्थापना भएको सुनौलो भविष्य र २०६९ सालमा स्थापना भएको नयाँ गोरेटोले द्रतगतिमा काम गर्न नसकेको अवस्थामा आर्थिक रुपमा सबल हुन र सहकारीका कार्यहरु अझ विस्तार गर्न एकीकरणको आवश्यकता महसुस गरी एकीकरण गरिएको सचिव राजु आचार्यले जानकारी दिए ।

यसअघि साधारणसभाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले सहकारी देश विकासको आधार भएको बताए । सहकारीलाई देश विकासका आधार बनाएका मुलुक धेरै अगाडि पुगेको उदाहरण प्रस्तुत गर्दै गुरुङले सहकारीबाट आर्थिक समृद्धि सम्भव भएको प्रष्ट पारे ।

अबको आवश्यकता आर्थिक समृद्धि हो, यसको लागी गाँउमा कृषि उत्पादन मात्र होइन त्यसको संकलन, भण्डारण, ढुवानी र बजारीकरण समेत सहज हुनुपर्छ उनले भने । गाँउमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीको सुविधा पु¥याउन सक्ने हो भने विदेश जानेलाई नेपालमा र सहर जानेलाई गाँउमा रोक्न सकिने उनको धारणा थियो । अहिलेको समयमा हामी पछाडि पर्नुको एउटै कारण प्राविधिको गर्न प्रयोग नजान्नु हो, अव पुरानै कामले आर्थिक उन्नती हुदैन अब हामी प्रवधिसँग परिचित हुनै पर्छ उनले भने ।

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष सुरेश थापाले सहकारीको कार्यक्षेत्र अझै विस्तार गर्न सुझाव दिए । कृषकलाई प्राविधिक र आधुनिक उपकरणको बारेमा ज्ञान दिएर व्यवसायिकतातर्फ उन्मुख गराउन वडाले कार्यक्रम ल्याउने ृउनले प्रतिवद्धता व्यक्त गरे । त्यस क्षेत्रका कृषि उपजको बजारीकरणका लागि सडक स्तरोन्नती अति आवश्यक भएकाले सो कार्यलाई निरन्तरता दिएको उनले बताए ।

त्यस्तै गरी तनहुँ जिल्ला कृषि सहकारी संघका अध्यक्ष रामजी लौडारीले उद्देश्य र व्यवहार फरक हुदाँ सहकारीको अपेक्षित विकास हुन नसकेको बताए । सहकारीको कार्यक्षेत्र, शेयर सदस्य र शेयर पुँजि जति बढी भयो उतिनै सहकारी बलियो हुन्छ नकि सहकारीको संख्या धेरै भएर , उनले उने । सहकारीबाट देशको समानुपातिक बिकास हुने चर्चा गर्दै लौडारीले सहकारी बलियो र विश्वासयोग्य हुन न्युनत्तम २० लाख पुँजि, आवश्यक नीति नियम पालना गरी बार्षिक रुपमा साधारणसभा र अडिट गरेको हुनुपर्ने बताए ।

एकीकरण पश्चात सहकारीमा २ सय जना शेयर सदस्यको करिब ८ लाख हजार १०९ शेयर पुजी रहेको कोषाध्यक्ष हरिश्चन्द्र पौडेलले जानकारी दिए । सहकारीको कार्य क्षेत्र व्यास नगरपालिकाको ९, ११, र ७ नं वडा र भानु नगरपालिकाको १३ नं पर्दछ ।

You might also like

Comments are closed.